images

शनिवार, बैशाख २२ गते २०८१

थाईल्याण्ड पुगेर लुम्बिनी विकास कोषका तर्फबाट श्रद्धाञ्जली अर्पण

थाईल्याण्ड पुगेर लुम्बिनी विकास कोषका तर्फबाट श्रद्धाञ्जली अर्पण

images
images
images
मंगलवार, बैशाख ११ २०८१
मंगलवार, बैशाख ११ २०८१
  • थाईल्याण्ड पुगेर लुम्बिनी विकास कोषका तर्फबाट श्रद्धाञ्जली अर्पण

    लुम्बिनी, ११ वैशाख ।

    images
    images
    images

    बुद्ध जन्मस्थल लुम्बिनीस्थित राजकीय थाई विहारका प्रमुख भन्ते सुफोद र थाइल्याण्डको नेपाल–भारत हेर्ने धर्मदुतको आमाको निधनमा लुम्बिनी विकास कोषका तर्फबाट श्रद्धाञ्जली अर्पण गरिएको छ । ७७ वर्षिय स्व. योम सुफानको निधनको सातौं दिन सोमबार नेपालको प्रतिनिधित्व गर्दै लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई, सदस्य सचिव सानुराजा शाक्य र कार्यकारिणी सदस्य राजेश शाक्यले श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

    थाइल्याण्डस्थित बिहार बैंककदेखि ४ सय किलोमिटर पुर्व सुरथमा पुगेर श्रद्धाञ्जली अर्पण गरिएको कोषका कोषाध्यक्ष भट्टराईले जानकारी दिए । राजकीय सम्मानसाथ गरिएको श्रद्धाञ्जली सभामा लुम्बिनी विकास कोष र नेपालको प्रतिनिधित्व गरी परिवारजनहरूप्रति समवेदना प्रकट गरिएको उनले बताए ।

    यसैबीच थाईल्याण्डकी प्रमुख प्रतिपक्षी दलका नेता सुधारथसँग पनि भेट गरी लुम्बिनीको विकासका सन्दर्भमा छलफल गरिएको भट्टराईले बताए । उनका अनुसार थाईल्याण्डको नर्थ बंैककमा रहेको प्रसिद्ध बौद्द धार्मिक संस्था धम्मकायाको विहार प्रमुख भिक्षु लुजिपो धम्मकायोको जन्मदिवस समारोहमा समेत सहभागी भएका छन् ।

    धम्मकायाको निमन्त्रणामा थाइल्याण्ड रहेका कोषाध्यक्ष भट्टराईसहितको टोलीले बृहत्तर लुम्बिनी क्षेत्रमा बौद्ध धार्मिक गतिविधि र पुर्वाधारका लागि थाईल्याण्डले खेलेको भूमिका प्रशंसनीय रहेको र अझ बढाउनका लागि विभिन्न निकायहरुसँग छलफल गर्ने बताइएको छ ।

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij