२०८२, फाल्गुण १८ गते

Mar 02 2026 | २०८२, फाल्गुण १८ गते

कतारका शेखको नेपाल भ्रमण : भैरहवा–कतार हवाई सेवा सञ्चालनको सम्झौता गर्न आग्रह

मंगलवार , बैशाख ११, २०८१

  • 973
    Shares
  • 973
    Shares
  • भैरहवा, ११ वैशाख ।
    मंगलबार नेपाल भ्रमणमा आउन लागेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीसँग सरकारले रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एअरवेजको उडान सञ्चालनका लागि आग्रह गर्न भैरहवा क्षेत्रका सरोकारवाला निकायले आग्रह गरेका छन् ।
    विमानस्थल निर्माण सम्पन्न भइ उद्घाटन भइसकेर पनि पूर्ण र नियमिति रुपमा सञ्चालनमा आउन नसकेपछि निजी क्षेत्र निराश भएको छ । 

    सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले कतारका शेखको भ्रमणका क्रममा हुने दुईपक्षीय छलफलमा कतार एअरवेजको उडान भैरहवाबाट पनि गर्ने एजेण्डा उठान नेपालका तर्फबाट गर्न सबैमा आग्रह गरेका छन् । 

    ‘कतार एअरवेज त्यहाँको राष्ट्रिय ध्वजाबाहक हो र कतारका शेखको भ्रमणका क्रममा उनकै सामुन्ने आग्रह गर्न पाउनु एउटा अवसर पनि हो । कम्तिमा अहिलेलाई हप्ताको एउटा उडान भैरहवा दोहा (कतार) गर्न सके पनि ठुलो उपलब्धी हुनेछ, म सरकारमार्फत कतारी शेखसँग यो कुरा पुगोस् भन्न चाहन्छु, ’श्रेष्ठले भने । 

    सिद्धार्थ होटल एशोसियसनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले कतारका शेखसँग भैरहवाबाट कतार हवाई उडानको प्रस्ताव सरकारका तर्फबाट जानुपर्ने बताए । ‘यो प्रस्ताव दिने राम्रो अवसर पनि हो, उडान हुन्छ भन्न पनि सक्छन, त्यसैले सरकारले कतारसँग गर्ने अन्य सम्झौतामा यो रुटको हवाई सेवा सञ्चालन सम्झौता समेत गनुपर्छ भन्ने मेरो आग्रह छ, ’उनले भने ।

    ८० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कतारका शेखमा साथमा आधा दर्जन बढी त्यहाँका मन्त्री नेपाल आउँदैछन् ।