images

शनिवार, बैशाख २२ गते २०८१

आहा ! लुम्बिनीमा ढकमक्क फूल (तस्वीरहरु)

आहा ! लुम्बिनीमा ढकमक्क फूल (तस्वीरहरु)

images
images
images
सोमवार, बैशाख १० २०८१
सोमवार, बैशाख १० २०८१
  • आहा ! लुम्बिनीमा ढकमक्क फूल (तस्वीरहरु)

    भैरहवा, १० वैशाख ।
    यो मौसम हो बसन्त ऋतुको । वसन्त ऋतुमा प्रकृतिको बहार आउँछ । यतिबेला शान्तिको मुहान भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनी थरीथरीका फूल र हरियालीले सजिएको छ । मायादेवी मन्दिर वरपर बेगमबेली र थरीथरीका फूलहरुले आर्कषक बनाएको छ । मायादेवी मन्दिरको दक्षिण पुष्करणी पोखरीको छेउमा रहेको पिपलमा नयाँ पालुवा पलाएको छ । पालुवा फेर्दै गरेका बोटविरुवा तथा बसन्तसँगै फर्किएका फूलहरुले पर्यटन लोभिएका छन् ।

    images
    images
    images
    IMG_7657.JPG

    बसन्त ऋतुलाई प्रकृतिको सबैभन्दा सुन्दर वहार मानिन्छ । त्यसमाथि शान्तिका अग्रदुत गौतमबुद्धको जन्मस्थल लुम्बिनीसमेत यतिबेला हरियाली र ढकमक्क फूलले ढाकिएको छ । मायादेवी मन्दिरको दक्षिण पुष्करणी पोखरीको छेउमा रहेको पिपलमा नयाँ पालुवा पलाएको छ । पालुवा फेर्दै गरेका बोटविरुवा अनी बसन्तसँगै फर्किएका फूलहरुले पर्यटक आकर्षित भएका छन् । 

    IMG_7632.JPG

    ललितपुरबाट लुम्बिनी आएकी रेनुका निरौलाले मायादेवी मन्दिर पहिला भन्दा अझ व्यवस्थित भएको बताइन् । उनले भनिन्, ‘वर्षेपिच्छे लुम्बिनीको प्रगति देखेर निकै खुसी लागेको छ । यहाँ अझै पनि धेरै काम गर्न बाँकी छ । ’ लुम्बिनीमा फूलेका फूहरु हेर्दा अझ राम्रो लागेको उनले बताइन् ।
    भक्तपुरबाट लुम्बिनी आएकी चण्डिका कार्कीले किताबमा लुम्बिनीबारे पढेको र अहिले यही पुग्न पाउँदा खुसी लागेको बताइन् । उनले यहाँ फूलेका विभिन्न किसिमका फूलले वातावरण राम्रो बनेको बताइन् ।

    IMG_7673.JPG

    बसन्त ऋतुमा लुम्बिनीमा फुलेका फूल अनि नयाँ पालुवाले लोभ्याएको मात्रै छैन । पर्यटकले तराईको तातो गर्मी समेत यिनै फुलहरुले बिर्साइदिएको छ । लुम्बिनीमा बाह्रै महिनाजसो फूल फुलिरहेका हुन्छन् तर बसन्त ऋतुमा फूलेका फूल र लुम्बिनीको प्रकृतिले यतिखेर पर्यटक थप आर्कषित बनेका हुन् । नवलपुरको कावासोतीका विष्णु प्रसाद रिजालले विभिन्न किसिमका फूलहरुले लुम्बिनीको सौन्दर्यता बढाएको बताए ।

    मन्दिर परिसरमा थरिथरिका फूलले सुगन्ध छरहेको छ । प्रकृतिसँगै पर्यटक लोभिएका छन् । यो सिजनमा लुम्बिनी पुग्ने पर्यटकले हरियाली र फूलहरुसँगै छुट्टै आनन्द प्राप्त गर्न सक्छन् । त्यसो त विकास कोषले पवित्र बगैचालाई हरियाली र सुन्दर बनाउने प्रयत्न गर्दै आइरहेको छ । लुम्बिनी आफैमा सुन्दर बगैचा रहेको कुरा बौद्ध साहित्यमा उल्लेख गरिएको छ ।

    फूल, हरियालीसँग बुद्धको जीवन समेत जोडिएको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए । उनले फूलहरुले पर्यटकलाई आकर्षित गरेको बताए ।

    IMG_7674.JPG

    शान्ति र अहिंसाका प्रतीक बुद्ध जन्मस्थलमा यो सिजनमा आर्कषक देखिएको छ । अन्य बेलामा भन्दा यो बेला प्रकृतिसँगै लुम्बिनीको लुकामारी हेर्न सकिन्छ । पवित्र बगैचा क्षेत्रमा मात्रै होइन विभिन्न देशका विहारहरुमा पनि बसन्त ऋतुले प्रकृति आर्कषक बनेका छन् ।

    IMG_7623.JPG
    IMG_7632 (1).JPG
    IMG_7656.JPG

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij