images

आइतवार, बैशाख २३ गते २०८१

रोहिणीको विभिन्न स्थानमा आगलागी हुँदा ५० घरमा क्षति

रोहिणीको विभिन्न स्थानमा आगलागी हुँदा ५० घरमा क्षति

images
images
images
शनिवार, बैशाख ८ २०८१
शनिवार, बैशाख ८ २०८१
  • रोहिणीको विभिन्न स्थानमा आगलागी हुँदा ५० घरमा क्षति

    भैरहवा, ८ वैशाख ।
    रुपन्देहीको रोहिणी गाउँपालिकाका विभिन्न स्थानमा आगलागी हुँदा ५० वटा घरमा क्षति भएको छ । शनिबार दिउँसो एकैपटक विभिन्न स्थानमा आगलागी हुँदा ५० वटा घरमा क्षति भएको गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताए । 

    images
    images
    images

    शनिबार दिउँसो वडा नम्बर ४, ५ र ६ का विभिन्न स्थानमा आगलागि हुँदा धनमाल तथा पशु चौपायामा क्षति पुग्यो, उनले भने । बरवा, तरकुल्लाह, पर्सा, बोधबार, बुची, कोटाहवा, बोधवारलगायत स्थानमा आगलागी हँदा क्षति भएको अध्यक्ष यादवले जानकारी दिए । त्यस्तै शुक्रबार वडा नम्बर १ मा आगलागी भएको उनले बताए । उनका अनुसार जनपद प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, जनप्रतिनिधि, राजनीतिक दलका नेता, दमकल, कर्मचारी तथा स्थानीयबासीको सहयोगमा करिब ३ घण्टा बढी लगाएर आगलागी नियन्त्रणमा आएको हो । मानवीय क्षति नभए पनि धनमाल, खाद्यान्न सामग्री र पशु चौपायामा क्षति पुगेको उनको भनाइ छ । आगलागी नियन्त्रणमा सहयोग गर्ने सबैप्रति उनले आभार व्यक्त गरेका छन् ।

    आगलागीका घटना दोहारिन नदिन सचेत हुनुपर्ने अध्यक्ष यादवले आग्रह गरे । खास गरी गहुँबाली काटिसकेपछि छवाली (भुसा) मा आगो लगाउने कार्यले आगलागीका घटना वर्षेनी भइरहेकाले यस्तो कार्य नगर्न उनको आग्रह छ । आगलागी प्रभावितलाई आइतबार (भोली) देखि नै राहत वितरण सुरु गर्ने उनले जानकारी दिए ।

    8de03b9d-5c4f-4810-b19a-5aed6598ad45.jpeg

    रोहिणी गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ३ का वडाअध्यक्ष वीर बहादुर क्षेत्रीले गहुँ काटिसकेपछि छवाली (भुसा) मा आगो नलगाउन पटकपटक गाउँपालिकाले सूचना जारी गर्दा पनि अटेर गरेपछि आगलागि भएको बताए । उनले जनचेतनाको कमीले पनि आगलागीको घटना भएकाले बताए । उनले भने, ‘चुरोट सेवन गरेर जथाभावी नफालौं । गहुँ काटिसकेपछि आगो नबालौं । यसले पनि आगलागीको जोखिम धेरै कम हुन्छ ।’

    WhatsApp Image 2024-04-20 at 8.06.38 PM.jpeg

    स्थानीय विपद् व्यवस्थापन समितिको विभिन्न निर्णय

    आगलागी भएपछि तत्कालै शनिबार साझँ गाउँपालिकाको स्थानीय विपद् व्यवस्थापन समितिको बैठक बसी उक्त बैठकले विभिन्न निर्णय गरेको छ । बैठकले पूर्ण क्षति र अर्ध क्षति भएका घरमा तत्कालका लागि राहत सामग्री उपलब्ध गराउने निर्णय गरेको छ ।

    त्यस्तै शनिबार आगलागीबाट भएको क्षतिमा राहत उपलब्ध गराउने तथा उपलब्ध हुने राहत सामग्री एकद्वारमार्फत वितरण गर्न पालिकामा सम्पर्क गर्न सहयोगी हातहरुलाई आह्वान गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतमले बताए ।

    IMG_6300.JPG

    त्यस्तै आगलागीको मुख्य कारक गहुँको छवालीमा लागेको आगो बुझिएकोले त्यसरी आगो लगाउने व्यक्ति पहिचान गरी कानून बमोजिम कारवाहीका लागि सिफारिस गर्ने बैठकले निर्णय गरेको छ । 

    IMG_6296.JPG

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij