२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

सशस्त्र प्रहरीद्वारा रुपन्देहीमा आगलागीसम्बन्धी कृत्रिम घटना अभ्यास (फोटोफिचर)

शनिवार , बैशाख ८, २०८१

  • 910
    Shares
  • 910
    Shares
  • भैरहवा, ८ वैशाख ।
    सशस्त्र प्रहरीले रुपन्देहीमा आगलागीसम्बन्धी कृत्रिम घटना अभ्यास गरेको छ । आगलागीको घटनालाई मध्यनजर गर्दै विपद् पूर्वतयारी अनुरुप सरोकारवाला निकायको समन्वयमा अभ्यास कार्यक्रम गरिएको सशस्त्र प्रहरी बल, नेपाल नं. २७ गण हे.क्वा. रुपन्देहीका प्रहरी नायव उपरीक्षक (डीएसपी) दुर्गा बहादुर थापाले बताए ।

    शनिबार बिहान लुम्बिनी साँस्कृतिक नगरपालिका–३ स्थित लुम्बिनी विकास कोषको खैलमैदानमा उक्त अभ्यास कार्यक्रम गरिएको डीएसपी थापाले जानकारी दिए । उक्त कार्यक्रममा सशस्त्र प्रहरीले आगलागीपछि समाधानका उपायबारे प्रयोगात्मक रुपमा जानकारी गराएको थियो । त्यस्तै कार्यक्रममा आगलागि भएपछि कसरी निभाउने तथा कसरी बच्ने भन्ने अभ्यास गरिएको थियो ।

    IMG_6197.JPG

    सशस्त्र प्रहरी बल, नेपाल नं. २७ गण हे.क्वा. रुपन्देहीका प्रहरी नायव उपरीक्षक (एसपी) आनन्द थापा मगरले बेलाबेलामा सञ्चालन हुने यस्ता किसिमका जनचेतनामूलक कार्यक्रमहरुले हुन सक्ने आगलागीसम्बन्धी दुर्घटनाबाट बच्न तथा बचाउन गाउँ समाजमा सकारात्मक पाठ सिकाउने विश्वास व्यक्त गरे । उनले कृत्रिम घटना अभ्यास कार्यक्रममा भाग दिने सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुलाई धन्यवाद समेत व्यक्त गरे । उनले भने, ‘विपद्बाट हुने क्षतिलाई न्यूनीकरण गर्नका लागि विपद्पूर्व गरिने अभ्यासहरुको भूमिका महत्वपूर्ण हुन्छ । यस किसिमको अभ्यासले उद्वार कार्यमा परिचालन हुने उद्वारकर्ताको क्षमताको विकासका साथै विपद्को समयमा प्रभावकारी रुपमा उद्वार कार्यसम्पादन गर्न मद्दत समेत पुग्छ ।’

    त्यस्तै रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी  चिरञ्जिवी रानाले आगलागी भएको अवस्थामा कसरी नियन्त्रण गर्न सकिन्छ र के कस्तो सुरक्षा अपनाउनुपर्छ भन्ने कुरा अभ्यासले देखाएको भन्दै यो कार्यक्रमको महत्व रहेको बताए । उनले विपद्को हिसाबले नेपाल जोखिममा रहेको बताए । 
    लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दीन मुसलमानले सशस्त्र प्रहरीले गरेको कार्यक्रम सराहनीय रहेको बताए । उनले पछिल्लो समय आगलागीका घटना बढ्दै गएको बताए ।

    कार्यक्रममा लुम्बिनी साँस्कृतिक नगरपालिकाकी उपप्रमुख कल्पना हरिजन, रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्याल, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रंजित सिंह राठौर, वडाअध्यक्षहरु, सशस्त्र प्रहरी अधिकृतहरु, लुम्बिनी विकास कोषका कर्मचारी, स्थानीयबासीलगायतको उपस्थिति रहेको थियो ।

    IMG_6159.JPG
    IMG_6170.JPG
    IMG_6180.JPG
    IMG_6171.JPG
    WhatsApp Image 2024-04-20 at 1.52.31 PM.jpeg
    IMG_6188.JPG
    IMG_6179.JPG