२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

भैरहवा वितरक संघद्वारा शुभकामना आदानप्रदान तथा क्यालेण्डर विमोचन

बिहिवार , बैशाख ६, २०८१

  • 952
    Shares
  • 952
    Shares
  • भैरहवा, ६ वैशाख ।

    भैरहवा वितरक संघ, रुपन्देहीले नव वर्ष २०८१ को शुभकामना आदानप्रदान तथा भित्तेपात्रो (क्यालेण्डर) विमोचन गरेको छ । बुधबार भैरहवामा एक कार्यक्रमकाबीच शुभकामना आदानप्रदान तथा क्यालेण्डर विमोचन गरिएको क्यालेण्डर प्रकाशन समितिका संयोजक तथा संघका कार्यसमिति सदस्य विरु कुमार गुप्ताले बताए ।

    संघका अध्यक्ष अभिनव मयुर कसौधनको अध्यक्षता, नेपाल वितरण महासंघ लुम्बिनी प्रदेश महासंघ लुम्बिनी प्रदेश संयोजक मनिष कुमार जोशीको प्रमुख आतिथ्यता, संघका निवर्तमान अध्यक्ष राजकुमार जोशी, सल्लाहकार कुलानन्द पोखरेलको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
    भैरहवा वितरक संघका महासचिव धर्मेन्द्र श्रेष्ठको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।