images

बुधवार, बैशाख १९ गते २०८१

लुम्बिनी प्रदेश : अर्थमन्त्रीमा आचार्य, स्वास्थ्यमा पुन र कृषिमा अहिर

लुम्बिनी प्रदेश : अर्थमन्त्रीमा आचार्य, स्वास्थ्यमा पुन र कृषिमा अहिर

images
images
images
बिहिवार, बैशाख ६ २०८१
बिहिवार, बैशाख ६ २०८१
  • लुम्बिनी प्रदेश : अर्थमन्त्रीमा आचार्य, स्वास्थ्यमा पुन र कृषिमा अहिर

    भैरहवा, ६ वैशाख ।
    लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोख बहादुर महराले मन्त्रीपरिषद् गठनका लागि प्रदेश प्रमुख अमिक शेरचनसमक्ष मन्त्रीहरुका नाम सिफारिस गरेका छन् । नेकपा (एमाले) संसदीय दलका उपनेता चेतनारायण आचार्यलाई मुख्यमन्त्री महराले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी प्रदान गरेका छन् । अर्घाखाँचीबाट निर्वाचित आचार्य यसअघि मुख्यमन्त्री शंकर पोखरेल र लिला गिरी नेतृत्वको सरकारमा मन्त्री भइसकेका हुन् ।

    images

    मुख्यमन्त्री महरासँगै आचार्यले यसअघि बिनाविभागीय मन्त्रीको सपथग्रहण गरिसकेका छन् । अहिले उनले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।

    त्यस्तै रोल्पाबाट निर्वाचित दिपेन्द्र कुमार पुन मगरलाई मुख्यमन्त्री महराले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी प्रदान गरेका छन् । उनी हाल लुम्बिनी प्रदेश सरकारका प्रवक्ता समेत हुन् । पुन उम्मेदवार बन्न चाहेको क्षेत्र गठबन्धनबाट नेपाली कांग्रेसको भागमा परेपछि उनी स्वतन्त्र उम्मेदवार बनी प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । सांसदमा निर्वाचित भएको केही समयपछि पुनः उनी नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका थिए । 

    त्यस्तै जनता समाजवादी पार्टी, नेपाल (जसपा) संसदीय दलका नेता भण्डारीलाल अहिर तेस्रोपटक मन्त्री बन्दैछन् । यसअघि मुख्यमन्त्री लिला गिरी र डिल्लीबहादुर चौधरी नेतृत्वको सरकारमा कृषि तथा भूमिव्यवस्था मन्त्रालयको जिम्मेवारी सम्हालेका अहिर फेरी सोही मन्त्रालयको जिम्मेवारी सम्हाल्ने अवसर पाएका छन् । उनी बाँकेबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।

    त्यस्तै एमालेका दिनेश पन्थी (गुल्मी), अर्जुन कुमार के.सी.(कपिलवस्तु), भुमिश्वर ढकाल (रुपन्देही) र रत्न बहादुर ढकाल (बाँके) मन्त्री बनेका छन् । उनीहरुले बिहीबार (आज) विनाविभागीय मन्त्रीको रुपमा सपथग्रहण गदैछन् । त्यस्तै नागरिक उन्मुक्ति पार्टीका धर्म बहादुर चौधरी, नेकपा (एकीकृत समाजवादी) की भगवती अधिकारी र स्वतन्त्र सांसद् खड्ग बस्नेतले पनि विनाविभागीय मन्त्रीको रुपमा सपथग्रहण गर्ने भएका छन् । 

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij