२०८२, फाल्गुण २८ गते

Mar 12 2026 | २०८२, फाल्गुण २८ गते

भैरहवा वितरक संघद्वारा शुभकामना आदानप्रदान तथा क्यालेण्डर विमोचन

बिहिवार , बैशाख ६, २०८१

  • 1.3K
    Shares
  • 1.3K
    Shares
  • भैरहवा, ६ वैशाख । भैरहवा वितरक संघ, रुपन्देहीले नव वर्ष २०८१ को शुभकामना आदानप्रदान तथा भित्तेपात्रो (क्यालेण्डर) विमोचन गरेको छ । बुधबार भैरहवामा एक कार्यक्रमकाबीच शुभकामना आदानप्रदान तथा क्यालेण्डर विमोचन गरिएको क्यालेण्डर प्रकाशन समितिका संयोजक तथा संघका कार्यसमिति सदस्य विरु कुमार गुप्ताले बताए ।

    कार्यक्रममा वक्ताहरुले २०८० सालमा देशको अवस्था राम्रो हुन नसकेको बताए । उनीहरुले नयाँ वर्ष २०८१ मा आर्थिक क्षेत्र चलायमान हुन र मुलुकको अवस्थामा सुधार आउने विश्वास व्यक्त गरे ।bfa415ab-2c18-4a58-be1d-ec24f87e576d.jpeg

    संघका अध्यक्ष अभिनव मयुर कसौधनको अध्यक्षता, नेपाल वितरण महासंघ लुम्बिनी प्रदेश महासंघ लुम्बिनी प्रदेश संयोजक मनिष कुमार जोशीको प्रमुख आतिथ्यता, संघका निवर्तमान अध्यक्ष राजकुमार जोशी, सल्लाहकार कुलानन्द पोखरेलको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
    भैरहवा वितरक संघका महासचिव धर्मेन्द्र श्रेष्ठको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।