images

मंगलवार, बैशाख १८ गते २०८१

अब बाँकी छ मात्र मृत्युवरणमा ‘केक’ काट्न !

अब बाँकी छ मात्र मृत्युवरणमा ‘केक’ काट्न !

images
images
images
बुधवार, बैशाख ५ २०८१
बुधवार, बैशाख ५ २०८१
  • अब बाँकी छ मात्र मृत्युवरणमा ‘केक’ काट्न !

    केही हप्ताअघि नेपालका चर्चित हास्य कलाकार सन्तोष पन्तले सामाजिक सञ्जालमा आक्रोश पोख्दै एउटा भिडियो पोष्ट गरे । उनले पोष्ट गरेको भिडियो पछिल्लो समय नेपाली संस्कृति र परम्परामाथि चौतर्फी आक्रमणप्रति लक्षित थियो । कलाकार पन्तले राखेको पोष्टमा जे गर्दा पनि ‘केक’ काट्नेहरुप्रति आक्रोश थियो । महिला गर्भवती हुँदा बेबी सावरको नाममा संवेदनशील अंग देखाउँदै केक काट्ने प्रचलन बढ्दै गएकोमा उनको चिन्ता र आक्रोशपूर्ण थियो । उनकै शब्दमा पहिला महिला गर्भवती हुँदा दही चिउरा खाने संस्कृति र परम्परा कता गयो ? सबैकुरा विदेशीको नक्कल गर्दा नेपाली संस्कृति र परम्परा लोप हुँदै गयो । आउने पुस्ताले के सिक्लान ?

    images

    हाम्रो सामाजिक संस्कार खर्चिलो मात्र भएको छैन । यसलाई उपभोगवादी, आडम्बरी, अनावश्यक र अनुत्पादनशील लेपन लगाएर सिंगो सामाजिक सौन्दर्य खडा गरिएको छ । यसो भएपछि धन, मन र तन हुने वा नहुने सबै बाध्य भएर भडकिलो सामाजिक जीवन धान्न बाध्य भएका छन् । यहाँसम्मकी राजनैतिक कार्यक्रमहरुको अतिरिक्त व्रतबन्ध, जन्मदिन, गुन्युचोली, पास्नी, छेवर, पुराण, विदाई, स्वागत तथा बधाई वा सम्मान लिनेदिने सबै सामाजिक कार्य नाम चलेका पार्टी प्यालेसमा गर्नुपर्ने बाध्यता बनेको छ । तत्काल नसक्नेले म पनि पछि गर्छु भनेर चित्त बुझाउनुपर्ने भएको छ ।

    उपभोगवादले सबै देखासिकीको माग गरिरहेको छ । बधाई र सम्मान दिनैपर्ने, लिनैपर्ने, खादा, माला र अबिर जात्रा गर्नैपर्ने, फोटो खिच्नैपने, सामाजिक सञ्जालमा हाल्नैपर्ने, लाइक, कमेन्टको अपेक्षा राख्नैपर्ने, भाइरल बनाउनैपर्ने, शुभकामना वा शुभेच्छा आदानप्रदान गर्नेपर्ने, स्वागत र विदाई गर्नेपर्ने, भ्यू टावर चढ्नैपर्ने, पिकनिक जानैपर्ने, फन पार्क घुम्नैपर्ने, गेट–टुगेदर गर्नेपर्ने, होटल–रेष्टुरेण्टको खाना नास्ता खानैपर्ने अनि यी सबै कार्यमा ‘केक’ काट्नैपर्ने ।

    मानिस सामाजिक प्राणी हो । यसकारण समाजमा सबैखाले सामाजिक कार्य अनिवार्य हुन्छ । यसमा हामी शतप्रतिशत सहमत छौं । तर, आजको सामाजिकीकरण, उपभोगवादी, रुपवादी, अनुत्पादक, आडम्बरी, भडकिलो र अति खर्चिलो हुँदै गएकोप्रति आम नागरिककले भिन्ता लिनु र यसमा सचेत हुनु सबैको दायित्वभित्र पर्दछ । भडकिलो सामाजिकीलाई अनुकरण र अनुसरण गर्दै जहाँ भोलिको हाम्रो समाज र पुस्ता कहाँ पुग्छ ? संस्कार र संस्कृतिको मौलिकता कता जान्छ ? मितव्ययीतता, उत्पादनशीलता र व्यवहारिकता लोप भएर कता बिलाउँछ ? उपभोगवादी आडम्बर बहकिदा र बरालिदा त केही छैन । रमाइलै हुन्छ । तर, यस्तो सामाजिकीकरणले समाजलाई अरु उन्नत, सभ्य, विवेकशील र अनुशासित बनाउने कुरामा कल्पना पनि गर्न सकिदैन ।

    हाम्रो समाजको बनोट शहरमा एउटा फरक खालको अवस्थाबाट गुज्रिरहेको छ भने गाउँमा नितान्त भिन्न प्रकारको छ । गाउँमा सामूहिकताको भावना बढिरहेको छ । त्यहाँ झै–झगडा कम छन् । समाजको स्वाभिमान, विवेक, नैतिक मूल्य–मान्यता, यहाँको पुरानो पुस्ताले हस्तान्तरण गरेका संस्कृति र चलनसँग जोडिएको छ । ती मूल्य–मान्यताप्रतिको विश्वास अगाध छ । तर, शहरमा त्यसको विपरीत छ । शहरमा मौलिक संस्कृति समाप्तीतर्फ गइरहेको छ ।

    व्यक्तिवाद, विचौलिया र ठग प्रवृत्ति शहरको संस्कृति बनिरहेको छ । कृत्रिम सामूहिक सहभागीता, पार्टी प्यालेसको हलमा गोष्ठी र सेमिनार मात्र देखिन्छ । त्यसैले नेपाल अचेल शहरमा भेटिदैन । त्यहाँ नेपाली गीत, बासुरी, मादल र सांरगी बज्छ वा बन्दैन । थाहा हुन छाडेको छ । तैपनि मानिस शहरकै लागि मरिहत्ते गरिरहेका छन् । विकसित समाजमा मान्छेले गाउँ रुचाउँछ र अविकसित मुलुकमा शहर । त्यसैले होला केही मान्छेले मृत्यु हुँदा घाटमा शव जलिररहदा दुःख र समवेदना होइन मुस्कानसहितको सेल्फी लिन तछाडमछाड गरिरहेका छन् । त्यसैले कलाकार सन्तोष पन्तको आक्रोश र चिन्ता अब मृत्युवरणमा पनि ‘केक’ काट्दै सेल्फी उत्सव मनाउँ भन्दै व्यंग्य गरेका छन् ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij