images

सोमवार, बैशाख १७ गते २०८१

सियारीमा रोजगारीको अवसर खोज्न रोजगार संवाद मञ्च सञ्चालन

सियारीमा रोजगारीको अवसर खोज्न रोजगार संवाद मञ्च सञ्चालन

images
images
images
मंगलवार, बैशाख ४ २०८१
मंगलवार, बैशाख ४ २०८१
  • सियारीमा रोजगारीको अवसर खोज्न रोजगार संवाद मञ्च सञ्चालन

    भैरहवा, ४ वैशाख । रुपन्देहीको सियारी गाउँपालिकामा रोजगार सेवा केन्द्रले सञ्चालन गरेको प्रधानमन्त्री रोजगार कार्यक्रमले सियारीका अधिकांश विद्यालय तथा सार्वजनिक स्थानको स्वरुप नै परिवर्तन भएको छ । कार्यक्रम सञ्चालन गर्नुपूर्व अव्यवस्थित देखिएका विद्यालय तथा सार्वजनिक स्थान अहिले हरियाली र सुन्दर देखिएका छन् ।

    images

    रोजगार सेवा केन्द्रले सियारीका केही विद्यालयमा सुरु गरेको हरित विद्यालय कार्यक्रम सहजीकरण तथा भवन संरचना व्यवस्थापन कार्यक्रमले विद्यालयको मुहार नै फेरिएको छ भने कार्यक्रम सुरु गरिएका सार्वजनिक स्थान समेत सफा र सुन्दर देखिएका छन् ।

    रोजगार सेवा केन्द्रले पालिकाभित्र रहेका रोजगारीको क्षेत्रमा रहेका अवसर तथा सम्भावनाको पहिचान गने उद्देश्यले रोजगार संवाद मञ्च समेत सञ्चालन गरेको छ ।

    रोजगार केन्द्रमा सूचीकृत बेरोजगार व्यक्तिहरुलाई दक्षता र सीप अनुसार पालिकाभित्रका निजी, गैरसरकारी, सरकारी तथा आवश्यक क्षेत्रमा पहिचान गर्ने तथा समस्याहरुको निदान र रोजगारी सिर्जनाका नविनतम उपाय एवं ढाँचा तथा विधिहरुको विकास गर्ने उद्देश्यले रोजगार संवाद मञ्च सञ्चालन गरिएको रोजगार संयोजक सिर्जना भुसालले जानकारी दिइन् । उनले संघीय, प्रदेश र स्थानीय सरकारबाट सञ्चालन हुने विकास निर्माणसम्बन्धी कार्यक्रमहरुबीच समन्वय र सहकार्य गर्दै बेरोजगारीको समस्यालाई दीर्घकालीन रुपमा समाधान गर्नका लागि रणनीति, कार्यनीति, योजना तथा कार्यक्रम कार्यान्वयन गर्नका लागि संवाद मञ्च सञ्चालन गरिएको बताइन् ।

    सियारी गाँउपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले रोजगारीका सम्भावनाको खोजी गर्दै बेरोजगार युवायुवतीलाई रोजगारीमा जोड्ने गरी काम गरिएको बताए । सियारीमा अहिले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत बेथरी–बेलवास सडकखण्डको सुन्दरीकरण, विभिन्न स्थानमा खानेपानीको पाईपलाईन विस्तार, हरित विद्यालय सुन्दरीकरण लगायतका कार्यक्रम सञ्चालनमा छन् । 

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij