२०८३, जेठ १३ गते

May 27 2026 | २०८३, जेठ १३ गते

विश्वविद्यालयलाई दलीय राजनीतिबाट मुक्त नगरेसम्म शिक्षा क्षेत्रको विकास हुँदैन : शिक्षामन्त्री श्रेष्ठ

मंगलवार , बैशाख ४, २०८१

  • 1.3K
    Shares
  • 1.3K
    Shares
  • काठमाडौं, ४ वैशाख । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विश्वविद्यालयलाई दलीय राजनीतिबाट मुक्त नगरेसम्म शिक्षा क्षेत्रको विकास हुन नसक्ने बताएकी छिन्।

    मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा प्राज्ञिक समूहसँगको भेटमा प्राज्ञिक समूह, प्राध्यापक र कर्मचारीहरुले पनि सरकारी सेवामा रहुन्जेल सम्म राजनीतिक दलको सदस्य नबन्ने संकल्प गर्न आवश्यक रहेको बताइन् । 

    ‘शिक्षक, कर्मचारीहरु राजनीतिक पार्टीको कुनै कार्यकारी पदमा बस्नु हुदैन’, उनले भनिन्, ‘राजनीतिक नेतृत्वहरुसँग को भेटमा पनि दलको सदस्यता दिन पाउनु हुन्न भनेर खबरदारी पनि गर्नुपर्छ ।’

    प्राज्ञहरुको विज्ञता, अनुभवलाई आफूले सम्मान गर्दै सुझावहरु कार्यान्वयन गर्ने प्रतिवद्धता जनाउँदै उनले शिक्षा क्षेत्र शिक्षामा मात्र नभइ समाजमा चेतना फैलाउने क्षेत्र समेत रहेको बताइन् ।