२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

लुम्बिनी प्रदेश : वैशाख ५ गते विषयगत समिति सभापतिको निर्वाचन

मंगलवार , बैशाख ४, २०८१

भैरहवा, ३ वैशाख ।
लुम्बिनी प्रदेशमा विषयगत समिति (संसदीय समिति) का सभापति छान्नका लागि निर्वाचनको मिति घोषणा भएको छ । प्रदेशसभाले सोमबार सूचना जारी गर्दै वैशाख ५ गतेका लागि निर्वाचन मिति घोाषणा गरेको हो । 

सूचनामा प्रदेशसभाका विभिन्न ७ वटा समितिको सभापति चयन गरिने उल्लेख छ । दलहरूबीच भागबण्डा मिलेलगत्तै निर्वाचन मिति तोकिएको हो । सूचनामा ५ गते बिहान मनोनयन दर्ता हुने जनाइएको छ भने सोही दिन निर्वाचन हुनेछ ।

प्रदेशमा सार्वजनिक लेखा, अर्थ, उद्योग तथा पर्यटन, सामाजिक विकास, भौतिक पूर्वाधार विकास, प्रदेश मामिला तथा कानून, कृषि, वन तथा वातावरण तथा विशेषाधिकार समिति रहेका छन् । यी समितिको नेतृत्वका लागि सत्ता पक्ष र प्रतिपक्षबीच सहमति भएको छ ।

सतारुढ नेकपा (एमाले) ले ३, नेकपा (माओवादी केन्द्र) ले २ र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले २ वटा सभापति पाउने सहमति भएको छ । यसका लागि सोमबार सभामुख तुलाराम घर्तीले मगरले समितिका केही समितिका सदस्यहरूलाई हेरफेर गरेका छन् । दलहरुबीच गठबन्धन फेरिने र भागबण्डा मिलाउन समस्या परेपछि १७ महिनादेखि संसदीय समितिका सभापति चयन हुन सकेका थिएनन् ।

e80583791b5b6ab0494cbb1e7e4d48dc.jpg