images

मंगलवार, बैशाख १८ गते २०८१

दुर्गा सामुदायिकद्वारा भित्तेपात्रो विमोचन तथा शुभकामना आदानप्रदान

दुर्गा सामुदायिकद्वारा भित्तेपात्रो विमोचन तथा शुभकामना आदानप्रदान

images
images
images
सोमवार, बैशाख ३ २०८१
सोमवार, बैशाख ३ २०८१
  • दुर्गा सामुदायिकद्वारा भित्तेपात्रो विमोचन तथा शुभकामना आदानप्रदान

    भैरहवा, ३ वैशाख ।
    श्री दुर्गा सामुदायिक सेवा केन्द्र (सामुदायिक प्रहरी) सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३, ५ र ६ रुपन्देहीले नव वर्ष वि.सं. २०८१ को भित्तेपात्रो विमोचन, शुभकामना आदानप्रदान एवं स्वागत कार्यक्रम गरेको छ । सामुदायिकले आइतबार सिद्धार्थनगर–६ दुर्गाकलोनीस्थित कार्यालयमा उक्त कार्यक्रम गरेको हो ।

    images

    Samudyaik.jpeg

    कार्यक्रममा प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रंजित सिंह राठौरले शान्ति सुरक्षाको कारण तथा अभावले निराशा हुनुपर्ने अवस्था नआओस् भन्नका लागि प्रहरी सचेत रहेको र लागिपरेको बताए । उनले यसमा नागरिकको साथ र सहयोग रहने विश्वास व्यक्त गरे । उनले सबै ठाउँमा प्रहरीको उपस्थिति हुन नसक्ने भएकाले स–साना झगडा  घटना, समस्या समुदायमा समाधान होस् भनेर सामुदायिक सेवा केन्द्रको स्थापना भएको बताए । उनले भने, ‘निराशासँगै आशा छ । सानासाना कुराले हामीलाई खुसी बनाउँछ ।’

    एसपी राठौरले विशेष गरी बोर्डरसँग जोडिएका जिल्लाहरुमा लागूऔषध दुव्र्यसनीको समस्या रहेकाले यसको न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रम गर्दै आएको र ती कार्यक्रमलाई निरन्तरता दिदै जाने बताए । उनले कानूनी कारवाहीले मात्र नहुने भएकाले लागूऔषध दुव्र्यसनीको बाटोमा जानै नदिने कुरा अझ महत्वपूर्ण हुने बताए । उनले लागूऔषध दुव्र्यसनी, आत्महत्या, मानव बेचबिखन जस्ता घटनाको न्यूनीकरण तथा नियन्त्रणका लागि विद्यालयको पाठ्यक्रममा यो विषय समावेश गरेर विद्यार्थीहरुलाई पढाउनुपर्ने बताए । उनले दुर्गा सामुदायिक सेवा केन्द्रले उत्कृष्ट कार्य गरिरहेको बताए ।

    त्यस्तै राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय रुपन्देहीका प्रमुख उप–अनुसन्धान निर्देशक हरिश बहादुर बिष्टले समाज रुपान्तरणमा दुर्गा सामुदायिक सेवा केन्द्र अझ अगाडि बढ्ने विश्वास व्यक्त गरे । उनले लागूऔषधको समस्याले समाजलाई आक्रान्त बनाएको र यसको नियन्त्रणका लागि सुरक्षा संयन्त्र लागिपरेको बताए । उनले समाज र नागरिकको भूमिका महत्वपूर्ण रहेकोमा जोड दिए ।

    सिद्धार्थनगर नगरपालिका–५ का वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठले आफू विगतमा सिद्धार्थ सामुदायिक सेवा केन्द्रको अध्यक्ष रहेकाले सामुदायिक सेवा केन्द्रको मर्म बुझेको बताए । उनले प्रहरी र समुदायबीच समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिए ।

    श्री दुर्गा सामुदायिक सेवा केन्द्रका अध्यक्ष अजय कुमार गुप्ताले जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अपेक्षा गरेको शान्ति सुरक्षा र समुदासँग मिलेर जाने कुरालाई उच्च तहमा राखेर त्यही अपेक्षा अनुकुल अगाडि बढ्ने बताए । 

    कार्यक्रममा सामुदायिकका सल्लाहकार संजय बजिमय, निवर्तमान अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठ, सिद्धार्थ सञ्जाल रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवाली, भैरहवा मर्निङवाक ग्रुपका अध्यक्ष विजय गोविन्द श्रेष्ठ (विजय सागर) लगायतले बोलेका थिए ।

    कार्यक्रम संयोजक तथा श्री दुर्गा सामुदायिक सेवा केन्द्रका वरिष्ठ उपाध्यक्ष आनन्द प्रसाद न्यौपानेको स्वागत तथा केन्द्रकी महासचिव शान्ता कंडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    IMG_5467.JPG

    कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक रंजित सिंह राठौर र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय रुपन्देहीका प्रमुख उप–अनुसन्धान निर्देशक हरिश बहादुर बिष्टलाई स्वागत गरिएको श्री दुर्गा सामुदायिक सेवा केन्द्रका अध्यक्ष अजय कुमार गुप्ताले बताए ।

    WhatsApp Image 2024-04-15 at 9.49.40 AM.jpeg

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij