images

मंगलवार, बैशाख १८ गते २०८१

रुपन्देहीमा दुई फरार प्रतिवादी पक्राउ

रुपन्देहीमा दुई फरार प्रतिवादी पक्राउ

images
images
images
आइतवार, बैशाख २ २०८१
आइतवार, बैशाख २ २०८१
  • रुपन्देहीमा दुई फरार प्रतिवादी पक्राउ

    भैरहवा, २ वैशाख ।
    रुपन्देहीमा प्रहरीले दुई जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । रुपन्देही जिल्ला अदालतको फैसलाले कैद तथा जरिवाना सजाय भई फरार भएका प्रतिवादीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीकी प्रहरी नायव उपरीक्षक (डीएसपी) लक्ष्मी खनालले बताइन् ।
    पक्राउ गरिएका दुवै जनालाई आइतबार जिल्ला अदालतमा कैद तथा भुक्तानका लागि पेश गरिएको उनले जानकारी दिइन् ।

    images

    डीएसपी खनालका अनुसार २०७९ चैत २६ गतेको फैसलाले सवारी अंगभंग मुद्दामा ३ वर्ष कैद र रु. १० हजार जरिवाना फैसला भएको सियारी गाउँपालिका–४ का विक्री केवट पक्राउ परेका छन् ।

    त्यस्तै २०६६ चैत १० गतेको फैसलाले ज्यान मार्ने उद्योग मुद्दामा ६ महिना कैद रु. २५ हजार ५ सय जरिवाना फैसला भएको सिद्धार्थनगर नगरपालिका–११ का अनिल कुमार यादवलाई पक्राउ गरिएको रुपन्देही प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij