images

शुक्रवार, बैशाख २१ गते २०८१

किड्स समर क्याम्पमा रमाए बालबालिका

किड्स समर क्याम्पमा रमाए बालबालिका

images
images
images
आइतवार, बैशाख २ २०८१
आइतवार, बैशाख २ २०८१
  • किड्स समर क्याम्पमा रमाए बालबालिका

    भैरहवा, २ वैशाख । भैरहवामा ६ वर्षदेखि १४ बर्ष सम्मका बालबालिकाहरूका लागि समर क्याम्प गरिएको छ ।  एबलन नेपालको आयोजना तथा रूपन्देही नागरिक समाज र रोटरी क्लब रूपन्देहीको संयोजनमा समर क्याम गरिएको हो ।

    images
    images
    images

    वार्षिक परीक्षा दिएर घर बसेका बालबालिकाहरूलाई ध्यान, योगा, नृत्य तथा संगितका साथ सकारात्मक सोचको विकास गराउने उद्देश्यले कार्यक्रम गरिएको एबलन नेपालकी अध्यक्ष रञ्जु शर्माले जानकारी दिइन् । 

    तीन दिनसम्म चलेको क्याम्पमा योगा, ध्यान, नृत्य, संगित, शिक्षण सिकाइ, बालबालिकाको मानसिक स्वास्थ्य बजाउने गरी विभिन्न प्रशिक्षकद्वारा सिकाइएको थियो ।

    क्याम्पपछि बालबालिकामा सकारात्मक सोचको विकास हुनुका साथै योगा र ध्यानले उनीहरूलाई थप फुर्तिलो बनाउन सहयोग गरेको अध्यक्ष शर्माले जानकारी दिइन् । उनले यस्ता कार्यक्रमलाई समय समयमा सञ्चालन गर्ने पनि उल्लेख गरिन । समर क्याम्पमा बालबालिकाहरु निकै रमाएका थिए ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij