२०८२, भाद्र १० गते

Aug 26 2025 | २०८२, भाद्र १० गते

शिक्षक संघको संघीय प्रतिनिधि सभा सुरु

बिहिवार , चैत्र २९, २०८०

  • 748
    Shares
  • 748
    Shares
  • भैरहवा, २९ चैत । 
    नेपाल शिक्षक संघको २३ औं संघीय प्रतिनिधिसभा लुम्बिनीमा सुरु भएको छ । प्रतिनिधि सभामा शिक्षकहरुको पेशागत हकहित, अधिकार र  पेशागत स्थायीत्वका एजेण्डाका विषयमा बृहत रुपमा छलफल हुने बताइएको छ ।

    ७७ जिल्लाकै प्रतिनिधि सहभागी भएको यस सभाले शिक्षा र शिक्षकका मुद्दा, विगतमा भएका आन्दोलनका चरण, जटिलता, चुनौती र समस्या समाधानका उपाएको खोजी गर्दै शिक्षा नीतिमा परिवर्तन गर्नुपर्ने विषयमा घनिभुत रुपमा छलफल हुने अध्यक्ष सोमनाथ गिरीले जानकारी दिए ।  

    शिक्षक संघको एकाई, नगर, जिल्ला र प्रदेश हुँदै संघीय प्रतिनिधि सभा गर्न लागिएको संसदमा प्रस्तुत शिक्षा विद्येयकमा समेटिएका पेशागत हकहित र शैक्षिण गुणस्तरका सवालमा समेत मिहिन ढंगले छलफल गरी निचोड निकाल्ने नेपाल शिक्षक महासंघ लुम्बिनीका अध्यक्ष कुलप्रसाद लामिछानेले जानकारी दिए ।