२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

ओम जैसी बने नेपाल चलचित्र संघको उपाध्यक्ष

सोमवार , चैत्र २६, २०८०

  • 1.6K
    Shares
  • 1.6K
    Shares
  • भैरहवा, २६ चैत ।
    काशी सिनेप्लेक्स प्रा.लि.भैरहवा, रुपन्देहीका सञ्चालक ओम जैसी नेपाल चलचित्र संघको केन्द्रीय उपाध्यक्षमा मनोनित भएका छन् । संघको ४९ औं साधारणसभापश्चात सोमबार भएको प्रथम बैठकले जैसीलाई उपाध्यक्षमा मनोनित गर्ने निर्णय गरेको हो ।

    संघको ४९ औं साधारणसभाबाट उनी अत्याधिक मतका साथ केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । यसअघि उनले नेपाल चलचित्र संघको उपमहासचिवको जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

    ओम जैसी चलचित्र क्षेत्रसँगै शिक्षा क्षेत्रमा पनि आबद्ध छन् । उनी भैरहवास्थित काशी नोबल एकेडेमी सञ्चालक समितिका अध्यक्ष समेत हुन् । उनी रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगर, सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देही, लायन्स क्लब लगायत थुप्रै संस्थामा विभिन्न जिम्मेवारीमा छन् ।
    जैशी भैरहवामा सञ्चालित लिडरसीप स्किल्स डेभलपमेन्ट ट्रेनिङका सहयोगी सहजकर्ता पनि हुन् ।