
बिहिवार , फाल्गुण ६, २०७७
भैरहवा, ६ फागुन ।
वातावरण बचाउ आन्दोलन रुपन्देहीद्धारा सञ्चालित सामुदायिक रेडियो रुपन्देही एफ.एम.१०२ मेगाहर्ज १६ वर्ष पुगेर १७ औं वर्षमा प्रवेश गरेको छ । २०६१ साल फागुन ७ गते देखि औपचारिक रुपमा प्रसारण सुरु गरेको रेडियो १७ औं वर्षमा प्रवेश गरेको होे ।
भैरहवाको पहिलो रेडियो रुपन्देही एफ.एम.१०२ मेगाहर्ज बिहान ५ बजेदेखि राति ११ बजेसम्म १८ घण्टा नियमित प्रसारण हुंदै आएको छ । १ हजार वाट क्षमताको रेडियो १०२ मेगाहर्जमा सुन्न सकिने रेडियोका स्टेशन म्यानेजर शंकर प्रसाद पाण्डेले बताए ।
वार्षिक उत्सवको अवसरमा रेडियो सञ्चालक समितिका अध्यक्ष डा. रामप्रसाद बस्यालले श्रोता, विज्ञापनदाता, रेडियोका सदस्यहरु एवं शुभचिन्तक सहयोगी सबैमा शुभकामना व्यक्त गरेका छन् । रेडियो स्टेशनको आफ्नै भवन महाविर पथमा सञ्चालन भइरहेको छ । रेडियोले वार्षिक उत्सव विभिन्न कार्यक्रम गरी मनाउँदैछ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij