images

शनिवार, बैशाख १५ गते २०८१

होटल व्यवसायीलाई गगन थापाको आश्वासन : सम्बन्धित मन्त्रालयसँग पहल गर्छु

होटल व्यवसायीलाई गगन थापाको आश्वासन : सम्बन्धित मन्त्रालयसँग पहल गर्छु

images
images
images
शुक्रवार, चैत्र १६ २०८०
शुक्रवार, चैत्र १६ २०८०
  • होटल व्यवसायीलाई गगन थापाको आश्वासन : सम्बन्धित मन्त्रालयसँग पहल गर्छु

    भैरहवा, १६ चैत । लुम्बिनीमा स्थापना भएका गुम्बा तथा बिहारहरूमा अवैध रुपमा गरेको होटल व्यवसाय बन्द गर्न माग गर्दै होटल व्यवसायीहरु चरणबद्ध आन्दोलनमा उत्रिएका छन् ।

    images

    व्यवसायीहरुले बिहिबारदेखि हरेक दिन लुम्बिनी विकास कोषको कार्यालय अगाडि २ घण्टा धर्ना तथा नारा जुलुस गर्ने गरेका छन् । गरी खान देउ, धर्मका नाममा व्यापार नगर, स्थानीय बासिन्दाको अग्राधिकार सुनिश्चित गर, शान्ति भूमिलाई शान्त रहन देऊ लगायतका नारासहितको पम्प्लेट बोकेर व्यवसायीहरु धर्नामा बसेका छन् ।

    बिहान १० बजेदेखि सुरु भएको धर्ना कार्यक्रम १२ बजेपछि कोणसभा गरेर टुंगाइएको थियो । शुक्रवार धर्नामा बसेका व्यवसायीहरूको आन्दोलनलाई ऐक्यबद्धता जनाउँदै नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वमन्त्री गगन कुमार थापाले लुम्बिनीमा भइरहेको अवैध क्रियाकलापको नियमनकालागि सम्बन्धित मन्त्रालयहरूसँग पहल गर्ने बताएका छन् ।

    यो विषयलाई संसदीय समितिमा उठाएर अन्तिम चरणमा पुर्याउनुपर्ने महामन्त्री थापाले सुझाव दिए । त्यस्तै रूपन्देही क्षेत्र नम्बर ५ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य बासुदेव घिमिरेले आन्दोलनलाई ऐक्यवद्धता जनाउँदै संसदमा विषय उठान गर्ने जनाएका छन् ।

    आन्दोलनमा सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देही, स्थानीय बासिन्दा लगायतका संघ–संस्थाले साथ दिएका छन् ।
    लुम्बिनी परिसरभित्र विभिन्न संस्था तथा मुलुकका बुद्धसँग सम्बन्धित कला संस्कृति झल्किने गरी गुम्बा तथा बिहार बनाउन कोषले अनुमति दिएको छ । तर, अनाधिकृत तरिकाले बिहारहरूमा व्यवसाय सञ्चालन भइरहेको छ ।

    पटकपटक कोषलाई ताकेता गर्दा पनि सुनुवाइ नभएपछि बाध्य भएर आन्दोलनमा उत्रिएको व्यवसायीहरुले बताएका छन् ।

    थाइल्याण्ड, म्यानमार, भारत, क्यानडा, सिंगापुर, चीन, कम्बोडिया, कोरिया लगायतका नेपालकै बिहारहरूले पनि होटल सञ्चालन गरेका छन् । कोषले गरिरहेको बेथितिको नियमनका लागि संसदीय समिति बनाएर छानबीन हुनुपर्ने व्यवसायीहरुको माग छ ।

    हुन त लुम्बिनी विकास कोष बिहार क्षेत्र, विनियमावली २०५८ को विनियम ७ र १० मा धार्मिक गतिविधि, पूजा, प्रार्थना गर्नको लागि पाँचजना भिक्षु÷भिक्षुणी र उनीहरुको सहयोगीको रुपमा थप पाँच जना गरस् १० जना बस्न सक्ने व्यवस्था छ । तर, गुम्बाहरुले सयौँको संख्यामा पर्यटकहरु बसाल्ने गरेका छन् ।

    लुम्बिनी क्षेत्रमा स्टार होटलसहितका ८२ वटा साना ठूला होटल सञ्चालनमा छन् । पर्यटकीय गतिविधिसहितका अन्य कार्यक्रम पनि सञ्चालनमा छन् । जसमा १५ अर्ब बढी लगानी भएको छ । व्यवसाय क्रियाशिल हुन नसक्दा यहाँका १० वटा होटल पूर्ण रुपमा बन्द भएका छन् ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij