अरुण कुमार यादव
शिक्षक सेवा आयोगले प्राथमिक तहको लिएको परीक्षाको अन्तिम नतिजा प्रकाशन गर्दा आफन्त सर पनि उत्तीर्ण हुनु भएको खबर सुने । तमाम चिनेका साथीहरुले आ–आफ्नो तरिकाले बधाई तथा शुभकामनाको आशीर्वाद प्रदान गरिरहेको खुशीको क्षणमा म भने चिन्तित भए । मेरो आत्माले बधाई तथा शुभकामना दिन सक्ने आँट गरेन । कारण, मेरो आफन्त सरको नयाँ स्थायी जागिर घर पायक थिएन ।
खासमा आफन्त सर यहाँ माध्यमिक तहको अनुदान कोटाबाट आफ्नो घर नजिकको विद्यालयमा कक्षा ८ देखि एसईईसम्मको गणित विषय अध्यापन गराउँथे । त्यही विद्यालयमा भर्खरै स्थापना भएको कक्षा ११ र १२ लाई पनि गुणस्तरीय शिक्षा दिन एकदमै अब्बल थिए । अब आफन्त सरको कक्षालाई ९ बाट उत्तीर्ण भएका भाइबहिनीको गणित कसले पढाइदेला पीर छ । ११ का भाइबहिनी १२ मा पुग्दा शिक्षणको जिम्मा कसले लिन्छ ? उता बी.एड.अन्तिम वर्षको भाइबहिनीको प्रयोगात्मक कसरी सम्भव हुन्छ । सर नजानु छोडेर भनी रहँदा सरको जवाफ स्थायी जीवनवृत्तिको भन्नुहुन्छ ।
त,र मैले सरलाई बधाई नभनेको कारण स्थायी जागिरको चक्करमा के पाउनुहुन्छ ? सायद एक्लोपन, दुःख, नयाँ अनुभव, दुई÷चारजना नयाँ साथी र क ख ग अनि गिन्ती जानेका ४०÷५० विद्यार्थी । तर, सर म भन्छु यहाँबाट हजुर स्थायी मात्र लिएर जानुहुन्छ, गुम्छ त हजुरको एक विद्यालयको बीसौं साथीको सम्बन्ध र सयौं विद्यार्थीको माया, क्याम्पसको बिहानको कक्षा र बिहानको चिया भन्नुहुन्छ त्यहाँ पनि चिया पाइन्छ । तब म भन्छु क्याम्पसमा पाकेको दिदीको हातको चियाको चुस्की पाउनुहुन्न आफन्त सर । तर, पनि मान्नु भएन मेरो कुरा भन्नुहुन्छ सञ्चय कोष पाउँछु । मैले फेरि सम्झाए माध्यमिक तहको अनुदानको तलब र प्राथमिक तहको एक महिनाको तलबको फरक छ । कम्तिमा १० हजार जुन वार्षिक रुपमा १ लाख भन्दा बढी छ । क्याम्पस पढाएर वार्षिक रुपैयाँ २ लाख तथा घरपायकको जागिरले जीवनयापनको कम्तिमा वार्षिक १ लाखको खर्च गुम्नेछ ।
किनकी यहाँ त्यति खर्चमा परिवार पाल्नुहुन्छ त्याँँ पालिन्छ त आफ्नो पेट सर, सम्झाए मान्नुभएन भन्नुहुन्छ जान्छु । मैले फेरि भने जानुस् बधाई दिन्न हजुरले ६० काटेका बाआमालाई छोड्दा दुःख, भर्खर विवाह भएर आएकी मेरी भाउजुको इच्छा मारेर जानुस् । घरको दुहुनो भैंसीलाई कसले दूध दुहुने हो । पाडो रुदै बसेछ जानुस् । खेतको मन पनि भारी छ जानुस् । गाउँको चौतारीमा गफ कसले गर्छ । आफन्त सर हामीलाई न छोड्नु स्थायीको चक्करमा सर ‘आखिर जीवन अस्थायी नै छ स्थायी जागिरले के गर्नुहुन्छ ?’
म बधाई दिन्न आफन्त सर चाहे जे होस् । मेरो साथमा खेल कसले खेल्छ मेला कसले हेर्छ ? राजनीतिक बहस कसले गर्छ ? जवानीमा यौवनका मीठा गफ कसले गर्छ भन्ने पिरले नजानुस् भनेको होइन जानुस् तर म बधाई दिन्न । स्थायीको चक्करमा आर्थिक मर्यादा, सामाजिक मर्यादा, घरायसी, पारिवारिक मर्यादाको मर्दन गरेर जाँदै हुनुहुन्छ । जानुस् आफन्त सर मैले बधाई भनेपछि श्राप लाग्छ । स्थायी हुनुस् सर म बधाई दिन्न ।