images

आइतवार, बैशाख १६ गते २०८१

रंग विशेषताका साथ होलीसँग जोडिएका मान्यताहरु

रंग विशेषताका साथ होलीसँग जोडिएका मान्यताहरु

images
images
images
आइतवार, चैत्र ११ २०८०
आइतवार, चैत्र ११ २०८०
  • रंग विशेषताका साथ होलीसँग जोडिएका मान्यताहरु

    फागुनको अवसरमा गाइने गीत वा त्यसको लय फाल्गुण शुक्ल अष्ठमीदेखि पूर्णिमासम्म परम्पागत रंग छ्यापेर वा अबिर दली आनन्दका साथ मनाइने उत्सवलाई, फागु, होरी, होली नामले सम्बोधन गरिन्छ । फागुन शुक्ल पूर्णिमाका दिन दहन गरिने चीरलाई होलिका भनिन्छ । तिथिअनुुसार मनाउने पर्वहरुमध्येको यो एउटा महत्वपूूर्ण पर्व फागुु पूर्णिमा हो । मानवबीचमा भएको मनोमालिन्यलाई चिर्दै, कटूता समाप्त गर्दै सुमधुर सम्बन्ध स्थापना गर्न, वसन्त ऋतुसँगै मितेरी लगाएर खुुसीको रंगमञ्चमा रंगिन भएर हाम्रो सामु उपस्थित हुन्छ होली ।

    images

    यसबेलाको प्राकृतिक दृश्य र मौसमले होलिलाई मादकता प्रदान गर्दछ । बाँसुरीको धुन सगै नागाडाको आवाजले घरआँगनमा उमंग थपिदिन्छ । यो पर्वलाई तराईतिर फगुवा, रंगहरुको तिहार भनेर पनि चिनिने गरिन्छ । परापूर्व कालदेखि मनाउन थालिएको यो पर्वको पौराणिक युुगीन इतिहास पनि छ । त्रेतायुुग र द्वापरयुुगका कथाहरु पनि यसमा जोडिएका छन् । नारद पुराण भविष्य पुुराणहरुमा पनि होलीलाई प्रविष्टि गराइएको छ । यो पर्व संसारका विभिन्न स्थानमा मनाउन थालिएको छ । विशेष गरेर हिन्दूहरुको पर्वको रुपमा विकसित भएको यो पर्व जहाँ हिन्दूहरुको बसोबास छ । त्यहाँ यो पर्व विशेष रुपमा मनाइने गरिन्छ । यो पर्व संसारका विभिन्न स्थानमा फैलिदै गएको छ । संसारका देशहरुमा नेपाली नपुगेको स्थान विरलै छ ।

    दक्षिण अफ्रिकी देशहरु गयना, मरिसस लगायत, फिजी, सुरी नाममा पनि यो पर्व कुनै न कुनै रुपमा मनाउने गरिन्छ । अमेरिका, बेलायत, जापान, इण्डोनेसिया, थाइल्याण्ड, इटली, जर्मन चीन लगायतका देशहरुमा आफ्नै तरिकाबाट यो वा त्यो रुपमा होली पर्व मनाउन थालीएको छ । त्यसै गरी भारत, पाकिस्तान, बंगलादेशमा यो पर्व हर्षपूर्ण उल्लासमय वातावरणमा विशेष रुपमा मनाउने गरेको पाइन्छ । यो पर्वलाई नेपाल लगायत कतिपय देशमा सरकारले विदा दिएर राष्ट्रिय मान्यता प्रदान गरेको छ । अफ्रिकी देश मरिससमा पनि उक्त दिन सार्वजनिक विदा दिने गरिन्छ ।

    भारत र नेपाल भन्दा बाहेक  अन्य देशमा पनि यो पर्व मनाउँदा साथीभाइरुलाई खानपानका लागि निमन्त्रण गर्ने, एकैठाउँ भेला हुने गीतहरु गाउने नाच्ने मिष्ठान्नहरु वितरण गर्ने, रंग लगाउने गरेर उमंगमय रुपमा मनाउने गरिन्छ । नेपालको तराई र भारतमा भने यसलाई परम्परागत मूल्य मान्यताका आधारमा राधाकृष्णको प्रेम प्रसंगसँग जोडेर फागु गीत गाएर, नाचेर यो पर्व विशिष्ट रुपमा मनाउने गरिन्छ ।

    होलिकासँग जोडिएको होली

    हिरण्यकश्यपूू दैत्य अर्थात राक्षस कुल भगवानका विरोधी थिए । जसका छोरा प्रल्हाद भगवान विष्णुका भक्त थिए । हिरण्यकश्यपू छोरा प्रल्हादको भगवान विष्णुुभक्तिप्रति असन्तुुष्ट थिए । प्रल्हादले बुवा हिरण्यकश्यपूूसँग आफ्नो पढाई बताउँदै भने :
    श्रवणं कीर्तनं विष्णुोः स्मरणं पादसेवन् ।
    अर्चनं वन्दनं दास्य सख्यमात्मनिवेदनम ।

    भगवानप्रति प्रल्हादको यस्तो बलियो भक्ति सुनेर उनी रिसले चुर भए र आफ्नो छोरा प्रल्हादलाई मार्ने निश्चय गरे । यो कार्यको लागि आगोले पनि दहन गर्न नसक्ने प्रल्हादकिफूूपुु होलिकालाई रोजे होलिकाले यो कार्य गर्न सहमत भइन । समय मिलाई एक दिन प्रल्हादलाई काखमा लिएर उनी अग्नी कुण्डमा हाम फालिन् । नतिजा उल्टो आयो । प्रल्हादलाई केही पनि भएन होलिका भने आगोले भष्म भइन् । यीनै होलीकाको नामबाट होली भन्न थालिएको बुझिन्छ । यसै कथालाई जाडेर असत्यकाविरुद्ध सत्यको जीत हुन्छ भन्ने गरिन्छ ।

    भगवान श्रीकृष्णसँग जोडिएको होली

    एकदिन यमुना नदीको किनारमा गोपीनी भनिने महिलाहरु नुहाउनका लागि गए । आफ्ना कपडाहरु नदी किनार एकैठाउँ उतारेर नदीमा पसे । त्यही बेलामा कृष्ण त्यहाँ पुगे र गोपीनीहरुका सवै कपडाहरु बटुलेर एउटा रुखमा लगेर झुण्डाइदिए । आफूू रुखको डालीमा हल्लिदै बाँसुरी बजाउँदै गोपीनीहरुको स्नान कर्ममा दृष्टि दिन थाले ।

    गोपीनीहरुले यो लिला देखेपछि बिन्ती भाउ गर्दै आफ्ना कपडाहरु माग गर्न थाले । कृष्ण उनीहरुको मागप्रति एक इञ्च पनि डगेनन् र गोपीनीहरुले नाङ्गिएर नुहाएको देखाएपछि मात्र कपडाहरु फिर्ता दिने शर्त राखे ।

    गोपीनीहरुले पनि सोहीअनुसार गरी कृष्णलाई जल चढाए र कपडाहरु फिर्ता लिए । यही रासलिलाको घटना स्मरण गर्दै फागुन कृष्ण अष्टमीका दिन काठमाडौंको वसन्तपुरमा लिङ्गो गाडेर रंगीचंगी कपडाका ध्वजाहरुले सजाइने गरिन्छ । यसै दिनबाट फागुपर्व प्रारम्भ भएको संकेत दिइन्छ । जो अहिलेसम्म पनि निरन्तर चलिरहेको छ । यही अवसरमा काठबाट बनाइएका मुरलीसहितका कृष्ण र गोपीनीका मूर्तिहरु सजाई रातो अविर अर्पण गरेर पूजा गर्ने गरिन्छ ।

    भीमसेन र द्रौपतिसँग जोडिएको होली
    भक्तपुरमा अलि पृथक ढंगबाट होलीको प्रारम्भ गरिन्छ । यहाँचीर अथवालिङ्ग घुमाउँदँ भीमसेनको मन्दिरमा रहेको लिंगको आकृति भएको काठ र रातो कपडाको योनी जुधाएर फागुपर्वको प्रारम्भ गरिन्छ ।

    संस्कृतिकर्मीहरुको भनाइमा काठको आकृति भिमसेनको लिङ्ग र कपडाबाट बनाएको प्वाललाई द्रौपतीको योनीको रूपमा लिने गरिन्छ भनिएको छ । यसलाई नगर परिक्रमा गराउने पूजाआजा गर्ने चलन छ । त्यो दिनमा यसैलाई संकेत गरिएका गीतहरु (’भिमसेन देया लजखङ्गलो वानलाल्यासे बिस्यूवाने म्वायक सो झायला’ )गाउने, सो अवसरमा भोज खाने र लिङ्गोलाई खोलामा लगरे बगाउने गरिन्छ । लिङ्गलाई पखालेर पुनः भीमसेन मन्दिरमा ल्याएर राखेपछि फागु समापन भएको मानिन्छ ।  यसै अवसरमा कृष्णलाई पनि खटमा राखेर सम्मानका साथ नगर घुमाउने र परिकारहरु अर्पण गर्ने परम्परा रहेको छ ।

    रामजानकीसँग जोडिएको होली

    मिथिला क्षेत्रमा होलीलाई राम जानकीसँग जोडेर मनाउने गरिन्छ । सीता र रामको विवाह उत्सव रंगिन रुपमा मनाएको स्मरण गरिन्छ । यस क्षेत्रमा होलीका गीतहरु पनि गाउने गरिन्छ ।  मिथिला र होलीका सन्दर्भमा विविध विचारहरु प्रस्तुत गरिएको पाइन्छ । कवयित्री पुनम झाले यसलाइ उन्मुक्ति र स्वतन्त्राको रुपमा लिएको बताएकी छन् । यहाँ होलीलाइ सीतासँग जन्म स्थानसँग जोडेर माटोसँग जोडिको सम्बन्धको यो पर्वलाई पनि व्याख्या गरिएको छ । होली पूर्वदेखि नै यहाँ मध्यमा परिक्रमा गर्ने गरिन्छ ।

    चकँद्य जात्रासंगसँग जोडिएको होली
    कुनै समयमा ल्हासाबाट व्यापारीहरु नेपाल फर्कदा धेरै व्यापारीहरु बाटोमै मारिए । तीमध्ये केही मात्र बाँचेर नेपाल आए । उनीहरुलाई अबिर जात्रा गरियो । उनीहरुकै सम्झनाका लागि एउटा मूर्ति तयार गरियो । रातो चकँद्यको त्यो मूर्तिलाई बाजागाजासहित अबिर जात्रा गर्दै नगर परिक्रमा गराइने गरेको विषयलाई पनि होलीसँग जोडिने गरेको छ ।

    रंगहरुसँग जोडिएको होली

    रंगलाई धेरै अर्थमा जोडेर हेर्न सकिन्छ । रंग सौन्दर्य रमाईलोसँग सम्बन्धित छ । यो शब्दलाई आनन्द, उत्सव । मोजमजासँग पनि जोडेर हेर्न सकिन्छ । हामीले आमोद प्रमोदलाई, हास्यव्यंग्य आदिलाइ रंग रस भन्छौ । त्यसै गरी रंगहरुको माध्यमले हामीले प्राप्त गर्ने आनन्दलाई प्रतिकात्मक रुपमा ग्रहण गर्दछौ । होलीमा खेलिने रंगहरुलाई पनि त्यही अर्थमा बुुझ्न सकिन्छ ।

    रातो रंग रिस, प्रेम, खतरा, शक्ति, जोश, साहस, रोमान्स, सौभाग्य, शुद्धता पवित्रता, स्वच्छ, सफा र इच्छासँग जोडिएको हुन्छ । गुलाफको फूल पनि रातो हुन्छ । त्यसैले यसलाई  प्रेमको प्रतीक मान्दछौ । देवताहरूकोे पहिरन पनि रातो रंगको  हुन्छ् । हरेक धार्मिक कार्यमा यसको प्रयोग हुन्छ । यो रंग होलीमा पनि विशेष प्राथमिकताका साथ प्रयोग गरिन्छ । प्रेमभाव जगाईन्छ, रोमान्स पैदा गरिन्छ ।

    यसैगरी पहेलो सुन्तला रंगलाई ऊर्जा, उत्साह, न्यानोपन, आत्मीय व्यवहारको प्रतिनिधित्व गर्ने रंगको रुपमा लिईन्छ । यो रंगले खुसी र सकारात्मक भावना जगाई मन आनन्द विभोर बनाउँदै भक्ति र धार्मिक आस्थातिर लाग्न अभिप्रेरित गर्दछ । त्यसैले पनि हामी होलीमा यो रंग प्रयोग गर्ने गर्दछौ ।

    हरियो रंग प्रकृतिक सम्वद्व रंग हो । यो रंगले भाग्यसँग सम्बन्ध राख्दछ । यसलाई प्राण, जीवन शक्ति एवं मार्मिकताको प्रतीकको रुपमा लिइने कुरा बताइएका छन् । यसलाई जीवन रंगको रुपमा पनि व्याख्या गर्न सकिन्छ । यो रंग मन पराउनेहरु प्रकृतिका पूजारी हुन्छन् । त्यसैले यो सद्भाव जगाउने पर्वमा यसको पनि प्रयोग हुन्छ ।

    नीलो रंग शान्ति र सन्तुलनको  प्रतीक हो । यसले इमान, गुलाबी आनन्द र प्रशंसाको अर्थ दिन्छ  । भगवानका रुपहरु पनि नीलो रंगमा प्रस्तुत गरिएको पाईन्छ । प्रयोगको दृष्टिले पनि नीलो रङ्ग बढी गरिएको हुुन्छ । यो रंगका पारखीहरु सन्तुलित विचारधाराका हुने कुरा पनि बताइएको छ  ।

    कालो रंग भने ईष्र्या र स्वार्थसँग गाँसिएको हुन्छ । यसले विरोध जनाउँछ । इच्छा र भावनाहरु दबाएर राख्ने प्रबृत्ति र रिसाह स्वभाको यो रङ्गको बैशिष्ठ्य हो ।

    रंगहरुमध्येको मन आकर्षण गर्ने सेतो रङ्ग पनि हो । यो रंगलाई शुद्धताको प्रतीकको रुपमा लिइने यो रंङ्गलाई कर्मशील  रंगको रुपमा पनि लिने गरिन्छ । कर्ममा विश्वास राख्नेहरु सेतो रंग मन पराउँछन् भन्ने गरिन्छ ।  यो रंग चहकिलो बेदाग अथवा सफा आकर्षक हुन्छ ।

    यस्ता विविध विशेषता बोकेका प्रतिकात्मक रंगहरुलाई हाम्रो निधारदेखि मन्दिरसम्म त प्रयोग गर्छौं नै । होली पर्वमा पनि यिनीहरुलाई समीश्रण गरेर होस वा अलग अस्तित्वमा समर्पण गरेर होस सदभाव, सुविचारका साथ पवित्र ठानेर एकआपसका निधारमा टीका लगाउने गर्दछौ ।    

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij