images

सोमवार, बैशाख १७ गते २०८१

एभरेष्ट बैंकद्वारा लुम्बिनीमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

एभरेष्ट बैंकद्वारा लुम्बिनीमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

images
images
images
शुक्रवार, चैत्र ९ २०८०
शुक्रवार, चैत्र ९ २०८०
  • एभरेष्ट बैंकद्वारा लुम्बिनीमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    भैरहवा, ९ चैत ।  
    एभरेष्ट बैंक लिमिटेडले मार्च १८ देखि २४ (चैत ५ देखि ११ गते) सम्म विभिन्न कार्यक्रम गरी ग्लोबल मनि वीक–२०२४ मनाएको छ । बैंकले ७ वटै प्रदेशका विभिन्न शाखामार्फत विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरी ग्लोबल मनि वीक मनाएको हो ।

    images

    सोही क्रममा रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकास्थित बैंकको लुम्बिनी शाखाले पनि वित्तीय साक्षरता कार्यक्रम गरेको छ ।  वडा नम्बर ९ मा रहेको खुदाबगर आदर्श कलेजमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी कार्यक्रम गरिएको बैंकले जनाएको छ ।

    कार्यक्रममा बैंकका लुम्बिनी शाखा प्रमुख सन्दिप सापकोटा र बैंकका अन्य कर्मचारीहरु सुरेन्द्र देशार, अमृत खनाल, सन्तोष प्रसाद ज्ञवाली, गणेश आचार्य र श्रीराम चौधरी लगायतको उपस्थिति रहेको थियो ।

    कार्यक्रमबाट विद्याथीहरुलाई डिजिटल बैंकिङ र यसको प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीको विषयमा प्रशिक्षण दिइएको बैंकले जनाएको छ । बैंकका अनुसार वित्तीय कारोबार गरी वित्तीय ज्ञान, सीपमा वृद्धि गर्दै विवेकशील वित्तीय क्षमताको अभिवृद्धि गर्नु कार्यक्रमको उद्देश्य रहेको छ ।

    भारतको पन्जाब नेशनल बैंकसँग संयुक्त साझेदार रहेको तथा स्थापनाकालदेखि नै ग्राहकहरुको पहिलो रोजाइको यो बैंकमा हालसम्म करिब १३ लाख भन्दा बढी ग्राहकहरु रहेका छन् ।

    देशैभरी छरिएर रहेको आफ्नो १२४ शाखा सञ्जाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १६० एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाईल, इन्टरनेट र एसएमएस बैंकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइहेको छ ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij