images

सोमवार, बैशाख १७ गते २०८१

एभरेष्ट बैंकद्वारा लुम्बिनीमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

एभरेष्ट बैंकद्वारा लुम्बिनीमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

images
images
images
शुक्रवार, चैत्र ९ २०८०
शुक्रवार, चैत्र ९ २०८०
  • एभरेष्ट बैंकद्वारा लुम्बिनीमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    भैरहवा, ९ चैत ।  एभरेष्ट बैंक लिमिटेडले मार्च १८ देखि २४ (चैत ५ देखि ११ गते) सम्म विभिन्न कार्यक्रम गरी ग्लोबल मनि वीक–२०२४ मनाएको छ । बैंकले ७ वटै प्रदेशका विभिन्न शाखामार्फत विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरी ग्लोबल मनि वीक मनाएको हो ।

    images

    सोही क्रममा रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकास्थित बैंकको लुम्बिनी शाखाले पनि वित्तीय साक्षरता कार्यक्रम गरेको छ ।  वडा नम्बर ९ मा रहेको खुदाबागर आदर्श कलेज मा स्नातकतहमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी कार्यक्रम गरिएको बैंकले जनाएको छ ।

    कार्यक्रममा बैंकका लुम्बिनी शाखा प्रमुख सन्दिप सापकोटा र बैंकका अन्य कर्मचारीहरु सुरेन्द्र देशार, अमृत खनाल, सन्तोष प्रसाद ज्ञवाली, गणेश आचार्य र श्रीराम चौधरी लगायतको उपस्थिति रहेको थियो ।

    WhatsApp Image 2024-03-22 at 14.24.35 (1).jpeg

    कार्यक्रमबाट विद्यार्थी जीवनदेखि नै पैसा बचत गर्न सिक्न, वित्तीय कारोबार बैंकबाटै गर्न र वर्तमान समयमा गरिने बचतले भविष्यमा आर्थिक सहयोग पुग्ने कुराबारे विद्यार्थीहरुलाई जानकारी गराइएको थियो ।

    विद्यार्थी जीवनदेखि वित्तीय कारोबार गरी वित्तीय ज्ञान, सीपमा वृद्धि गर्दै विवेकशील वित्तीय निर्माण गर्न सहयोग पुग्ने गरी विद्यार्थीहरुको वित्तीय क्षमताको अभिवृद्धि गर्नु कार्यक्रमको उद्देश्य रहेको बैंकले जनाएको छ ।

    भारतको पन्जाब नेशनल बैंकसँग संयुक्त साझेदार रहेको तथा स्थापना कालदेखि नै ग्राहकहरुको पहिलो रोजाइको यो बैंकमा हालसम्म करिब १३ लाख भन्दा बढी ग्राहकहरु रहेका छन् ।

    देशैभरी छरिएर रहेको आफ्नो १२४ शाखा संजाल, ३ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, १६० एटीएमसहित विश्वव्यापी नेट्वोर्कबाट अत्याधुनिक मोबाईल, इन्टरनेट र एसएमएस बैंकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइहेको छ

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij