images

शनिवार, बैशाख १५ गते २०८१

त्रिवेणी धाम : एक विशिष्ट धार्मिक पर्यटन क्षेत्र

त्रिवेणी धाम : एक विशिष्ट धार्मिक पर्यटन क्षेत्र

images
images
images
सोमवार, चैत्र ५ २०८०
सोमवार, चैत्र ५ २०८०
  • त्रिवेणी धाम : एक विशिष्ट धार्मिक पर्यटन क्षेत्र

    –चेतन पन्त

    images

    नारायणी, तमसा र सोनभद्र गरी तीनवटा नदीको संगमलाई त्रिवेणी धाम भनिन्छ । यसको महिमा अतुलनीय छ । यो एउटा दिव्य धार्मिक स्थल हो । तर, यहाँको महिमाको बारेमा तीर्थयात्रुले सहजै बुझ्ने र थाहा पाउनका लागि कुनै प्रचार सामग्री टाँसिएको छैन । त्यस्तै रामायणसँग जोडिएको ठूलो कथाको अंश बाल्मीकि आश्रमसँग छ । सीता माता यहाँ रहँदा उनका दुई भाइ छोराहरु लव–कुश जन्मस्थलको रुपमा परिचित बाल्मीकि आश्रम प्रचारप्रसार र त्यहाँसम्म पुग्ने भरपर्दो सडक नहुँदा श्रद्धालु भक्तजनलाई असहजता भइरहेको छ । आश्रममा प्राचीन समयका आकृतिहरु ढुंगामा कुदिएको पाइन्छ ।

    त्रिवेणी धामको इतिहास

    त्रेता युगमा भगवान रामले अश्वमेघ यज्ञका लागि छाडेको घोड़ा लव–कुशले बाधेर राखेको कुरा पौराणिक शास्त्रहरुमा उल्लेख छ । त्यहि घोडा बाँधेको काठको मौला जस्तो पिलर अहिले पनि रहेको छ । भगवान रामले त्यागेपछि बाल्मीकि आश्रममा बसेकी माता सीता पाताल भासिएको मानिन्छ । भासिएको ठाउँ लगायत धेरै प्राचीन स्मारक छन, तर सबै ओझेलमा छन् । यहाँको विकासमा सरकार, निजी क्षेत्र कसैको ध्यान गएको छैन । यसलाई जनकपुर र अयोध्यासँग जोडेर यातायात सञ्चालन गर्न नेपाल र भारत दुई देशको ध्यान जान नितान्त जरुरी छ । यसको विकासको बारेमा नेपाल पर्यटन बोर्डले विशेष पहल गर्न जरुरी छ । यस्ता महत्वपूर्ण धार्मिक तथा ऐतिहासिक स्थललाई नेपाल सरकारले उपेक्षा गर्नु मुनासिब देखिदैन ।

    बाल्मीकि आश्रम पुग्न बाटो नभएका कारण भारतीय बाटो बगाहा बिहार भएर जानुपर्छ । पैद यात्रीलाई डुंगा र झोलुगें पुलले केही सहज बनाएको छ । तर, वन आरक्ष भनेर जान निषेध छ ।

    कालिदासले रघुवंश नाटकमा चर्चा गरेको हिमालय नजिकको त्रिवेणी धाम यही थियो । यसको महिमागान वराह पुराण र स्कन्द पुराणको हिमवत् खण्डले पनि गरेका छन् । त्रिवेणी धाममा गजेन्द्रमोक्ष, भक्तेश्वर शिव मन्दिर, लक्ष्मी वेंकटेश्वर मन्दिर, नागाबाबा कुटी, राधाकृष्ण मन्दिर, कोटिहोम यज्ञशाला, संस्कृत विद्यालय र सुन्दर बगैंचा छन् । यो स्थान प्राकृतिक रूपमा सुन्दर र धार्मिक रूपमा महत्वपूर्ण छ । स्नान, पितृ तर्पण, श्राद्ध, उपनयन, कर्णभेदन, अन्नप्राशन, चूडाकर्म तथा अन्य संस्कारहरू सम्पन्न गर्ने उपयुक्त स्थानका रूपमा त्रिवेणी धामलाई लिने गरिएको पाइन्छ ।

    यस स्थलको विकासमा स्वामी जय श्री कमल नयनाचार्यले निकै गरेका छन । भव्य मंदिरसंगै धेरै संरचना तयारी छ । अझ उहाँले त्यहाँबाट सिधा मोटर बाटो निर्माण गरेर महेन्द्र राजमार्गको दुमकीवास तल जोडने सम्पर्क मार्ग बनाउने योजना छ । तर सरकार यसलाई वन क्षेत्र भनेर निर्माण गर्न रोक्का गरेको छ । यदि वातावरण नबिग्रिने र रुख कम काटेर सडक निर्माण गर्न सके यसले भारतको बिहारलाई काठमाण्डौं जोड्न सकिन्छ ।

    विशेष महत्वपूर्ण भने गजेन्द्र मोक्षधाम हो, जहाँ भगवान विष्णुले गोहीले नदीमा हात्तीको पाउलाई तान्न खोज्दा बचाएको स्थल हो । अहिले पनि नदी किनारमा पत्थरमा हात्तीको पाउको निशान छ ।

    यहाँ कात्तिक मेला, कुम्भ मेला, रामनवमी, व्यास पूर्णिमा, होली, छठ र बुद्ध जयन्तीका अवसरमा यहाँ ठूलो मेला लाग्दछ । त्यतिबेला तीर्थयात्रीहरूको ठूलो भीड लाग्ने गर्दछ । त्रिवेणीधामका मेलामा नेपालभन्दा पनि भारतबाट श्रद्धालुहरूको ठूलो घुइँचो हुने गर्दछ ।

    त्रिवेणीमा पवित्र नदीमा स्नान अति उत्तम मानिन्छ । स्वर्गबाट देवता र अप्सराहरू समेत यहाँ स्नानका लागि आउने गर्दथे भन्ने जनविश्वास छ । नारायणी नदीको किनारमा रहेको हुनाले पनि यसको धार्मिक महत्व ठूलो रहेको छ । नजिकै बाल्मीकि आश्रम, हरिहरक्षेत्र र देवघाटलगायत अन्य प्रसिद्ध तीर्थहरू रहेकाले पनि त्रिवेणी धामको महत्व ठूलो छ । यो धामलाई केवल मेला भर्ने र मुण्डन गर्ने स्थलको रुपमा नबुझी पुराण र शास्त्रहरुमा उल्लेखित धार्मिक स्थलको रुपमा विश्वास गर्नुपर्छ ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij