images

शनिवार, बैशाख १५ गते २०८१

गलत कार्यको समर्थन गर्न सरकारमा गएका होइनौं : मन्त्री गुप्ता

गलत कार्यको समर्थन गर्न सरकारमा गएका होइनौं : मन्त्री गुप्ता

images
images
images
मंगलवार, फाल्गुण २९ २०८०
मंगलवार, फाल्गुण २९ २०८०
  • गलत कार्यको समर्थन गर्न सरकारमा गएका होइनौं : मन्त्री गुप्ता

    भैरहवा, २९ फागुन ।
    लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ता (सि.के.) ले गलत कार्यको समर्थन गर्न सरकारमा नगएको स्पष्ट पारेका छन् । उनले सरकारमा रहदा पनि गलत कार्यको विरोध गर्नुपर्ने बताए ।

    images

    जनमत पार्टी लुम्बिनी प्रदेश समिति कार्यालयको सोमबार रुपन्देहीको भैरहवामा भएको उद्घाटन कार्यक्रममा मन्त्री गुप्ताले यस्तो बताएका हुन् । उनले अहिलेको समयमा जनताले जनमत पार्टीबाट धेरै अपेक्षा राखेको दावी गरे । उनले भने, ‘जनमत पार्टीले मुलुकमा रहेका समस्या समाधान गर्न सक्छ भन्ने जनताको आशा र अपेक्षा छ ।’ 

    मुलुकको आर्थिक अवस्था मजबुत बनाउन नेता र कर्मचारीको सम्पत्ति छानबीन गर्नुपर्ने मन्त्री गुप्ताको भनाइ छ । उनले भने, ‘मुलुकको अर्थतन्त्र सुधार्न नेता र कर्मचारीको सम्पत्ति छानबीन हुनैपर्छ ।’

    एजेण्डा नमिल्ने पार्टीहरु पनि निर्वाचनमा गठबन्धन गरेर जित्ने भएकाले यसतर्फ जनता सजग हुनुपर्ने उनले बताए । सीमा क्षेत्रको रक्षा मधेशी जनताले गर्दै आएको उनले बताए ।

    आफू विगत ११ महिनादेखि लुम्बिनी प्रदेश सरकारमा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी सम्हालेको उनले बताए । उनले भने, ‘सरकारले केही नराम्रो काम गरे सबैभन्दा पहिला मैले आवाज उठाउँछु ।’

    प्रदेश सरकारलाई अधिकार दिन नखोजिएको र प्रदेशलाई अधिकार दिए संघ सरकार भन्दा राम्रो काम गरेर देखाउने उनले दावी गरे ।

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij