२०८३, श्रावण ३१ गते

Aug 16 2026 | २०८३, श्रावण ३१ गते

राष्ट्रिय युवा संघ सिद्धार्थनगरद्वारा खाद्यान्न तथा फलफूल वितरण

मंगलवार , फाल्गुण २९, २०८०

  • 934
    Shares
  • 934
    Shares
  • भैरहवा, २९ फागुन । राष्ट्रिय युवा संघ नेपाल सिद्धार्थनगर नगर कमिटी, रुपन्देहीले वृद्धाश्रममा खाद्यान्न सामग्री तथा फलफूल वितरण गरेको छ । सोमबार संघले एक कार्यक्रमकाबीच ओमसतिया गाउँपालिका–४ बालापुरस्थित श्री सत्य साई वृद्ध सेवा आश्रममा उक्त सामग्री प्रदान गरेको नगर अध्यक्ष प्रवीन आचार्यले बताए ।

    सेवा नै धर्म हो भन्ने मान्यताका साथ आश्रममा आवश्यक केही सामग्रीहरु प्रदान गरिएको आचार्यले बताए । उनले भने, ‘सेवाका हात अघि बढाउनुपर्छ । आगामी दिनमा पनि यो वृद्धाश्रममा सहयोग गर्नेर्छौं ।’

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि राष्ट्रिय युवा संघ लुम्बिनी प्रदेश कमिटी सदस्य तथा सिद्धार्थनगरका निवर्तमान अध्यक्ष कृष्ण मल्ल ठकुरीले नेकपा (एमाले) को जनवर्गीय संगठन राष्ट्रिय युवा संघले पार्टीका गतिविधिसँगै सामाजिक कार्यलाई निरन्तरता दिएको बताए । उनले संघले सामाजिक कुरीति विरुद्ध आवाज उठाउँदै आएको तथा रक्तदान, बाल गृहमा सहयोग लगायत विभिन्न सामाजिक कार्यलाई निरन्तरता दिएको बताए । उनले भने, ‘वृद्धाश्रममा पुगेर वृद्ध आमाबुवाहरुको सेवा गर्ने अवसर पाएका छौं । यो अवसर पाएकोमा खुसी छौं ।’

    त्यस्तै श्री सत्य साई वृद्ध सेवा आश्रमकी अध्यक्ष माया खरेलले आश्रममा आएर राष्ट्रिय युवा संघले आवश्यक सामग्री प्रदान गरेको भन्दै धन्यवाद व्यक्त गरिन् । उनले आगामी दिनमा पनि आश्रमले युवा संघबाट सहयोगको आशा गरेको बताइन् ।

    IMG_0324.JPG

    हाल दुबईमा रहेकी युवा संघ सिद्धार्थनगर नगर कमिटी पूर्व सदस्य लेखा पौडेल तथा नगर कार्यसमितिको सहयोगमा चामल, आटा, नुन, तेलदाल, स्याउ, अंगुर, मौसम, जुस लगायतका सामग्री वृद्धाश्रमलाई प्रदान गरिएको संघका नगर सचिव अमित शर्मा पौडेलले बताए ।