images

शनिवार, बैशाख १५ गते २०८१

लुम्बिनीका गुम्बामा व्यवसायिक रुपमा पर्यटक राख्ने व्यवस्था रोक्न माग

लुम्बिनीका गुम्बामा व्यवसायिक रुपमा पर्यटक राख्ने व्यवस्था रोक्न माग

images
images
images
मंगलवार, फाल्गुण २९ २०८०
मंगलवार, फाल्गुण २९ २०८०
  • लुम्बिनीका गुम्बामा व्यवसायिक रुपमा पर्यटक राख्ने व्यवस्था रोक्न माग

    भैरहवा, २९ फागुन ।
    लुम्बिनी गुरुयोजना क्षेत्रका बिहार तथा गुम्बाहरुमा व्यवसायिक रुपमा पर्यटक राख्ने व्यवस्था अविलम्ब स्थायी रुपमा रोक लगाउन व्यवसायीहरुले माग गरेका छन् । लुम्बिनी होटल संघ, नेपालले मंगलबार लुम्बिनी विकास कोषलाई ज्ञापनपत्र बुझाउँदै ७ दिनभित्र स्थायी रुपमा समाधान गर्न ठोस कार्य अगाडि बढाउन आग्रह गरेको छ । 

    images

    संघका अध्यक्ष गोविन्द प्रसाद ज्ञवालीले बिहार क्षेत्रका संरचनाहरु गुरुयोजना क्षेत्र बाहिर रहेका होटलहरुसँग प्रतिष्पर्धा गर्दै पर्यटक राख्ने ठाउँमा फेरिएको बताए । उनले भने, ‘सयौं कोठाहरु पर्यटक राख्ने गरी बनाइएका छन् । बिहार र गुम्बा भनिने ठाउँहरु बैद्ध आध्यात्मिकता र बौद्ध भावनाको नमूना होइन । व्यपारको थलो बनेका छन् । यस अनियमितता र गुरुयोजनाको मर्मविपरीतको कार्यको संरक्षण यो वा त्यो नाम दिएर लुम्बिनी विकास कोषका केही मानिसले गर्दै आएका छन् । यसले निजी क्षेत्रको ठूलो लगानी, पेशा व्यवसायलाई संकटमा पुर्याएको छ ।’

    दशकौंदेखि उठ्दै उठाउँदै आएको यो समस्याले अहिले अप्रिय स्थितिको सिर्जना गरेको र स्थानीय व्यवसायीको धैर्यताको सीमा समाप्त भएको तथा अब यस भन्दा अघि पर्खन सक्ने अवस्था नरहेको उनको भनाइ छ ।

    विगतमा राम्रो व्यवसाय सञ्चालनमा रहेका लुम्बिनी क्षेत्रका होटलहरुमध्ये गत वर्ष खोलिएका १० भन्दा बढी स्थायी रुपमा बन्द भएको र यो वर्ष थप होटलहरु बन्द हुने अवस्थामा पुगेको ज्ञवालीले बताए । 

    संघका महासचिव पुरुषोत्तम अर्यालले बिहार तथा गुम्बालाई होटलको रुपमा सञ्चालन गरेर होटल व्यवसायलाई धरासायी बनाइएको बताए ।

    लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण)लाई संघले बुझाएको ज्ञापनपत्र प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र मन्त्री, संस्कृति तथा नागरिक उडड्यन तथा कोषका अध्यक्ष हितमान तामाङलाई बोधार्थ पठाइएको संघका कानूनी सल्लाहकार अधिवक्ता प्रख्यात बन्जाडेले बताए । उनले समस्या समाधानका लागि सम्बन्धित निकायले ध्यान दिनुपर्ने माग गरे । 

    ज्ञापनपत्र बुझ्दै कोषाध्यक्ष भट्टराईले व्यवसायीको माग जायज भएको र कुनै न कुनै रुपमा सम्बोधन गर्नुपर्ने बताए । उनले मसिनो गरी अध्ययन हुन जरुरी रहेको बताए ।

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij