images

शनिवार, बैशाख १५ गते २०८१

रुपन्देहीमा चारजना प्रतिवादी पक्राउ

रुपन्देहीमा चारजना प्रतिवादी पक्राउ

images
images
images
सोमवार, फाल्गुण २८ २०८०
सोमवार, फाल्गुण २८ २०८०
  • रुपन्देहीमा चारजना प्रतिवादी पक्राउ

    भैरहवा, २८ फागुन ।
    प्रहरीले चारजना फरार प्रतिवादीलाई रुपन्देहीबाट पक्राउ गरेको छ । प

    images

    क्राउ पर्नेमा रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ का ४६ वर्षिय तिलक कुमार बोहरा, ओमसतिया गाउँपालिका–३ का ३३ वर्षिय सन्दिप थापा, रोहिणी गाउँपालिका–२ का ६१ वर्षिय बलराम यादव र मायादेवी गाउँपालिका–४ का ३७ वर्षिय सुरेश धोवी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) मनोहर प्रसाद भट्टले बताए ।

    डीएसपी भट्टका अनुसार रुपन्देही जिल्ला अदालतको २०५७ जेठ १५ गतेको फैसलाले जुवातास मुद्दामा रु.२ सय जरिवाना फैसला भएका तिलक, २०६९ जेठ ३२ गतेको फैसलाले लागूऔषध मुद्दामा १ महिना कैद र रु. २ हजार जरिवाना फैसला भएका सन्दिप, २०७८ भदौ १६ गतेको फैसलाले चेक अनादर मुद्दामा रु. ३ हजार जरिवाना भएका बलराम र २०६७ जेठ २५ गतेको फैसलाले सवारीज्यान मुद्दामा २५ दिन कैद र रु. २ हजार जरिवाना भएका सुरेशलाई पक्राउ गरिएको छ ।

    ईलाका प्रहरी कार्यालय बुटवल, धकधई, ओमसतिया र बेथरी रुपन्देहीबाट खटिएको प्रहरी टोलीले प्रतिवादीहरुलाई पक्राउ गरी आइतबार रुपन्देही जिल्ला अदालत रुपन्देहीमा कैद तथा जरिवाना भुक्तानको लागी पेश गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

     

     

     

     

     

     

     

     

     

     

     

     

     

             

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij