images

सोमवार, बैशाख १७ गते २०८१

सिद्धार्थनगर–११ मा गौशाला र दाहसंस्कार घाटको निर्माण सुरु

सिद्धार्थनगर–११ मा गौशाला र दाहसंस्कार घाटको निर्माण सुरु

images
images
images
सोमवार, फाल्गुण २८ २०८०
सोमवार, फाल्गुण २८ २०८०
  • सिद्धार्थनगर–११ मा गौशाला र दाहसंस्कार घाटको निर्माण सुरु

    भैरहवा, २८ फागुन ।
    रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा गौशाला र शव दाहसंस्कार घाटको लागि निर्माण कार्य सुरु गरिएको छ । नगरपालिको वडा नम्बर ११ पिपरहियास्थित गौशाला र शव दाहसंस्कार घाटको लागि निर्माण कार्य सुरु गरिएको हो ।

    images

    गौशाला र शव दाहसंस्कार घाटका लागि आवश्यक पूर्वाधार पर्खाल निर्माणको सोमबार नगरप्रमुख इश्तियाक अहमद खाँले शिलान्यास गरे ।

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नगरप्रमुख खाँले नगरमा छाडा चौपाया (गाईगोरु) का कारण देखिएको समस्या अस्थायी रुपमा समाधान गर्दै लगिए पनि दीर्घकालीन समाधान र व्यवस्थापनका लागि गौशालाको निर्माण कार्य सुरु गरिएको बताए ।

    करिब ३८ करोड रुपैयाँको लागत अनुमानमा ४ विघा क्षेत्रफलमा योजनाको सुरुवात भएको उनले जानकारी दिए । उनका अनुसार उक्त गौशाला र सम्सानघाट निर्माणको योजना अन्र्तगत हरियाली, छठ घाट, पार्किङ्ग, फाउन्टेन, चिल्ड्रेन पार्क लगायतका संरचनाहरु निर्माण हुनेछन् ।

    उनले पर्यटकहरुलाई आर्कषित गर्नका लागि सोही अनुरुप संरचनाहरु बनाइने बताए । नगरको विकासमा सुरु भएको योजनाले टेवा पुर्याउने उनको भनाइ छ ।

    सिद्धार्थनगर वडा नम्बर ११ का वडाअध्यक्ष दिलिप कुमार यादवले योजनाले वडाको विकासमा टेवा पुर्याउने भन्दै वडाको मुहार फेरिनेमा आफू विश्वस्त रहेको बताए । उनले विमानस्थल छेउको सडकलाई योजना सञ्चालित स्थानसम्म जोड्ने योजना पनि रहेको बताए ।

    सिद्धार्थनगर–११ का वडाअध्यक्ष दिलिप कुमार यादवको अध्यक्षता र नगरपालिका कार्यालयका योजना शाखाका अधिकृत योगराज पन्थीको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका प्रवक्ता एवं सिद्धार्थनगर–४ का वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला), वडा नम्बर २ का वडाअध्यक्ष छेदीलाल श्रीवास्तव, ३ का नारायण प्रसाद उपाध्याय, ५ का पुरनप्रसाद श्रेष्ठ, ६ का विरेन्द्रनाथ श्रीवास्तव, ७ का दामोदर शर्मा घिमिरे, नगरपालिकाका आर्थिक प्रशासन अधिकृत ओमश कुमार गैरे, योजना प्रमुख साकार श्रेष्ठ, नगरपालिकाका इञ्जिनियर, स्थानीयबासी लगायतको उपस्थिति रहेको थियो । 

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij