images

सोमवार, बैशाख १७ गते २०८१

मनि चेन्जर व्यवसायीको गुनासो : हाम्रो व्यवसाय बन्द हुने अवस्थामा छ

मनि चेन्जर व्यवसायीको गुनासो : हाम्रो व्यवसाय बन्द हुने अवस्थामा छ

images
images
images
आइतवार, फाल्गुण २७ २०८०
आइतवार, फाल्गुण २७ २०८०
  • मनि चेन्जर व्यवसायीको गुनासो : हाम्रो व्यवसाय बन्द हुने अवस्थामा छ

    भैरहवा, २७ फागुन ।
    मनि चेन्जर व्यवसायीहरुले आफूहरुले सञ्चालन गर्दै अएको व्यवसाय बन्द हुने अवस्थामा पुगेको गुनासो गरेका छन् । उनीहरुले व्यवसाय धरासायी हुने अवस्था कहीकतैबाट नछिपेको बताए । लुम्बिनी मनि चेन्जर व्यवसायी संघ सिद्धार्थनगर, रुपन्देहीको आइतबार भैरहवामा भएको आठौं वार्षिक साधारणसभामा व्यवसायीहरुले यस्तो बताएका हुन् ।

    images

    कार्यक्रममा बोल्दै संघका अध्यक्ष ऋषिराम पाण्डेले भने, ‘राज्यको नीतिनियम र नेपाल राष्ट्र बैंकको निर्देशनले दिनप्रतिदिन मनि चेन्जर व्यवसाय बन्द तथा धरासायी सिर्जनाको अवस्था हाम्रो माझ छिपेको छैन ।’ उनले केही मनि चेन्जर व्यवसायीको कारणले धेरै मनि चेन्जर व्यवसाय बन्द हुन अवस्थामा पुगिसकेको बताए । 

    पर्यटक तथा नागरिकको सुविधालाई मध्यनजर गर्दै बिहान ५ देखि राती १० बजेसम्म जोखिमका साथ सेवा प्रदान गरिरहेको अध्यक्ष पाण्डेको भनाइ छ । नेपाल राष्ट्र बैंकबाट नविकरण दस्तुर भारतीय रुपैयाँ खरिद विक्री इजाजतलाई वार्षिक रु. २ हजारबाट वृद्धि गरी रु. २५ हजार र विदेशी मुद्रा र भारतीय मुद्राको इजाजतलाई रु. ५ हजारबाट वृद्धि गरी रु. १ लाख २५ हजार गरिएकोप्रति सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहेको उनले बताए । व्यवसायीहरु फुटेर नभइ एकजुट भएर अघि बढ्न जरुरी रहेका पाण्डेले बताए ।

    त्यस्तै संघका उपाध्यक्ष सहदेव विक्रम शाहले व्यवसायीलाई विभिन्न कठिनाइ सिर्जना भएको बताए । उनले व्यवसायमा केही गर्न सकिन्छ भनेर लागेको बताए । उनले भने, ‘व्यवसायलाई जीवित राख्न जरुरी छ । व्यवसायलाई धरासायी हुनबाट बचाउनुपर्छ ।’

    संघका सचिव पंकज उदासले सीमा क्षेत्रमा बसेर मनि चेन्जर व्यवसायीले काम गर्दै आएको बताए । उनले राष्ट्र बैंकको अधिनमा रहेर काम गर्दै आएको बताए ।

    संघका निवर्तमान अध्यक्ष गोपाल भण्डारीले अहिलेको परिवेशमा निजी क्षेत्री धरासायी बनेको बताए । 

    कृष्णनगर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नसिब हुसेनले व्यवसायी मारमा परेको बताए । उनले मनि चेन्जर व्यवसायमा झनै निराशा बढेको बताए ।

    लुम्बिनी मनि चेन्जर व्यवसायी संघका कानूनी सल्लाहकार अधिवक्ता प्रख्यात बन्जाडेले राष्ट्र बैंकले बेलाबेलामा व्यवसायीका लागि तालिम सञ्चालन गर्नुपर्ने बताए । उनले कतिपय नीतिहरुमा सुधार गर्न आवश्यक रहेको बताए ।

    लुम्बिनी होटल संघ, नेपालका अध्यक्ष गोविन्द ज्ञवालीले यो क्षेत्रलाई चलायमान बनाउने भनेकै पर्यटन व्यवसाय रहेको बताए । उनले सम्पूर्ण व्यवसायी धरासायी हुने अवस्थामा पुगेको बताए ।

    चेम्बर अफ कमर्स रुपन्देही (उद्योग व्यापार संगठन) का अध्यक्ष दर्पण श्रेष्ठले व्यवसायीका समस्या समाधानका लागि सम्बन्धित निकायले ध्यान दिनुपर्नेमा जोड दिए ।

    IMG_9950.JPG

    नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका उपनिर्देशक रमेश न्यौपानेले नीतिनियमहरु संशोधन र परिमार्जन हुँदै जाने बताए । उनले व्यवसायीबाट प्राप्त सुझावहरु नीतिनिर्माण तहमा पुर्याइएको बताए ।

    उनले भने, ‘सम्पूर्ण समस्या समाधान गर्ने मन्त्र त राष्ट्र बैंकसँग छैन । तर, धेरै समस्या समाधानका लागि सहजीकरण र सम्बोधन गर्न सकिन्छ र गर्दै आएका छौं । देशको नियम, कानूनमा रहेर व्यवसाय सञ्चालन गर्नुपर्छ ।’

    सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले एक दुई जना व्यवसायीले गलत गर्दैमा सम्पूर्ण व्यवसायीलाई गलत देख्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्ने बताए । उनले भारतीय १ सय रुपैयाँ भन्दा बढी चलाउनका लागि पहल भइरहेको बताए । उनले भने, ‘यहाँ पाइला पाइला र पलपलमा समस्या छन्, ।’

    उद्योग व्यवसाय र पर्यटनमैत्री नीति आवश्यक रहेको अध्यक्ष श्रेष्ठले बताए । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुन नसक्दा यहाँका नागरिक तथा व्यवसायी मर्कामा परेको बताए । उनले अब समस्याहरुको समाधानका लागि सम्पूर्ण व्यवसायीहरु एकजुट भएर आन्दोलनको आधिबेरी ल्याउनुपर्ने बताए ।

    लुम्बिनी मनि चेन्जर व्यवसायी संघका अध्यक्ष ऋषिराम पाण्डेको अध्यक्षता, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देहीका अध्यक्ष राम प्रसाद पोख्रेल, मदिरा व्यवसायी संघ भैरहवाका अध्यक्ष बाबुराम पाण्डे लगायतले बोलेका थिए ।

     

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij