images

सोमवार, बैशाख १७ गते २०८१

युसीएमएसमा ‘थ्री टेस्ला एमआरआई’ सेवा सुरु

युसीएमएसमा ‘थ्री टेस्ला एमआरआई’ सेवा सुरु

images
images
images
आइतवार, फाल्गुण २७ २०८०
आइतवार, फाल्गुण २७ २०८०
  • युसीएमएसमा ‘थ्री टेस्ला एमआरआई’ सेवा सुरु

    भैरहवा, २७ फागुन । युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज, शिक्षण अस्पताल (युसीएमएस) भैरहवामा थ्री टेस्ला एमआरआई सेवा सुरु भएको छ । अस्पतालले लुम्बिनी प्रदेशमा नै पहिलोपटक थ्री टेस्ला एमआरआई सेवा सुचारु गरेको सूचना अधिकारी सुशील गुरुङले बताए । उनले यो सेवा सुचारु भएसँगै बिरामीहरुले अब सहजै रुपमा यहीबाट प्राप्त गर्ने तथा थप समय र पैसा खर्च गरेर टाढा जानुपर्ने बाध्यता हटेको बताए । अस्पतालले यो सेवाको खरिद तथा स्थापनाका लागि करिब १८ करोड लगानी गरेको गुरुङले जानकारी दिए ।

    images

    एमआरआई सेवाको आइतबार लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले उद्घाटन गरे । सो अवसरमा बोल्दै मन्त्री खनालले पछिल्लो समय स्वास्थ्य क्षेत्रमा उल्लेखनीय रुपमा नयाँ आयामहरु थपिदै गएको बताए । उनले निजी क्षेत्रबाट सञ्चालित शिक्षण अस्पतालहरुले पनि सामाजिक उत्तरदायित्व अन्तर्गत अतिविपन्न तथा पैसाको अभावमा कोही पनि उपचारबाट वञ्चित हुनुनपर्ने गरी काम गर्न आग्रह गरे ।

    उनले जनताले कुनै खालको गुनासो नगर्ने गरी उपचार गर्न आग्रह गर्दै रोगको पहिचानमा विशेष ख्याल गर्न आग्रह गरे । उनले भने, ‘सरकारी अस्पतालले मात्र सम्पूर्ण जनतालाई स्वास्थ्य सेवा पुर्याउन नसक्ने अवस्था रहेकाले निजी स्वास्थ्य संस्थाहरु  सञ्चालनमा आएका छन् ।’

    सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले युसीएमएसले आम नागरिकले विश्वास गर्ने गरी प्रभावकारी उपचारमा ध्यान दिन आग्रह गरे । उनले युसीएमएस गहना भएकोले यसको विकासमा ध्यान दिनुपर्नेमा जोड दिए । विपन्न नागरिकलाई विशेष छुट प्रदान गर्न उनले आग्रह गरे ।

    युसीएमएसका प्रबन्ध निर्देशक खुमाप्रसाद अर्यालले युसीएमएसले सरकारी अस्पताल सरह सेवासुविधा प्रदान गर्दै आएको बताए । उनले युसीएमएसमा जनशक्ति र उच्च गुणस्तरको प्रविधि भएका कारण उपचारका लागि बाहिर जान नपर्ने बताए । उनले अब आफूहरु युसीएमएसलाई पूर्णतया विशेषज्ञसहितको अस्पताल बनाउन लागिएको बताए ।

    UCMS1.jpgUCMS1.jpg

    अस्पतालका मेडिकल सुपरीटेण्डेण्ट प्रा.डा. सदन मुखीले अस्पतालले सुचारु गरेको थ्री टेस्ला एमआरआईमा विकिरणको जोखिम नभएको र विश्व प्रसिद्ध अत्याधुनिक नयाँ मेशिन भएको दावी गरे । उनका अनुसार अत्यन्त कम समयमा उच्च गुणस्तरयुक्त भरपर्दो रिर्पोट, शरीरको कुनै पनि भाग अवलोकन गर्न सकिने तथा मस्तिष्क, मेरुदण्ड, प्रोष्टेट, स्तन आदिको स्क्यानको लागि अत्यन्त उपयोगी रहेको छ ।

    लुम्बिनी प्रेस क्लबका उपाध्यक्ष कमल रायमाझीले युसीएमएसले सामाजिक क्षेत्रमा योगदान बढाउन जरुरी भएको बताए । उक्त मेसिनबाट शरीरमा भएका एकदमै स–साना कोशिका, नशा, गाँठ, हाड, जोर्नी, ट्युमरहरु पनि सहजै अवलोकन गर्न सकिने तथा क्यान्सर रोग तथा यसको फैलावट सहजै पत्ता लगाउन सकिने अस्पतालले जनाएको छ ।

    युसीएमएसकी प्राचार्य प्रा.डा. लक्ष्मी पाठकको स्वागत तथा सूचना अधिकारी सुशील गुरुङको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij