images

आइतवार, बैशाख १६ गते २०८१

‘होटल ग्लासगो लियो कर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगिता’ को उपाधि महालक्ष्मीलाई

‘होटल ग्लासगो लियो कर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगिता’ को उपाधि महालक्ष्मीलाई

images
images
images
आइतवार, फाल्गुण २७ २०८०
आइतवार, फाल्गुण २७ २०८०
  • ‘होटल ग्लासगो लियो कर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगिता’ को उपाधि महालक्ष्मीलाई

    भैरहवा, २७ फागुन ।
    रुपन्देहीको भैरहवामा भएको ‘होटल ग्लासगो लियो कर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगिता’ (डे–नाइट) महालक्ष्मी विकास बैंक लिमिटेडले जितेको छ ।  लियो क्लब अफ सिद्धार्थनगरको आयोजनामा सिद्धार्थनगर नगरपालिका–३ स्थित सिद्धार्थ क्रिकेट रंगशालामा भएको प्रतियोगिताको उपाधि महालक्ष्मीले जितेको हो ।

    images

    १६ वटा टीमको सहभागीता रहेको प्रतियोगितामा लक्ष्मी सनराइज बैंकलाई पराजित गर्दै महालक्ष्मी बैंकले उपाधि जितेको हो । 
    फाइनल खेलमा महालक्ष्मीले टस जितेर बलिङ रोजेको थियो । लक्ष्मी सनराइजले सुरुवाती व्याटिङ गरेर ६९ रन बनायो । ७० रनको लक्ष्य पाएको महालक्ष्मीले २ विकेटको क्षतिमा निर्धारित ओभरमै लक्ष्य पार गरी जीत निकाल्यो । फाइनल खेलमा महालक्ष्मी बैंकका रोशन शर्मा म्यान अफ द म्याच भए ।

    प्रतियोगिता आईसीसी सुपर सिक्स टुर्नामेन्टको नियम अनुसार रुपन्देही क्रिकेट संघको प्राविधिक सहयोग र समन्वयमा लिग चरणमा भएको हो । पहिलो सेमीफाइनलमा एनएमबी बैंक र लक्ष्मी सनराइजबीच भएकोमा लक्ष्मी सनराइज विजयी भइ फाइनलमा पुगेको थियो भने दोस्रो सेमीफाइनल खेल गरिमा विकास बैंक र महालक्ष्मी विकास बैंकबीच भएकोमा महालक्ष्मी विजयी भई लक्ष्मीसँग फाइनल खेलेको क्लबका अध्यक्ष मनिष ढकालले बताए ।

    विगत १४ वर्षदेखि हुदै आएको कर्पोरेट प्रतियोगिता यस क्षेत्रमा रहेको बैंक, कर्पोरेट हाउस र सामाजिक क्षेत्रमा क्रियाशील युवाबीचमा आपसी भाइचारा स्थापित गर्दै क्रिकेट प्रतिभाहरुलाई प्रस्फुटन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना हुदै आएको छ । प्रतियोगिताबाट संकलित रकम सामाजिक क्षेत्रमा खर्च गरिने क्लबका अध्यक्ष ढकालले बताए ।

    प्रतियोगिताको विजेताले २० हजार नगदसहित ट्रफी र प्रमाणपत्र, उपविजेताले १० हजार नगदसहित ट्रफी र प्रमाणपत्र पाएको छ । त्यस्तै म्यान अफ द सिरिज लक्ष्मी सनराइजका महेश शाही नगद रु. ५ हजारसहित ट्रफी र प्रमाणपत्र, अनुशासित टीमबाट नेपाल राष्ट्र बैक र बेष्ट ड्रेस अवार्डबाट महालक्ष्मी विकास बैंक पुरस्कृत भएको थियो । 

    त्यस्तै उत्कृष्ट बलर महालक्ष्मीका हरि नारााण चौधरी, उत्कृष्ट ब्याट्सम्यान लक्ष्मी सनराइजका महेश शाही, उत्कृष्ट क्याचकर्ताको रुपमा सिटिजन बैंकका रविन्द्र पासवान र उत्कृष्ट फिल्डर एभरेष्ट बैंकका पदम केसी पुरस्कृत भएका थिए । 

    प्रतियोगितामा नेपाल एसबीआई, महालक्ष्मी विकास, आईसीएफएसी फाइनान्स, सानिमा, नबिल, एभरेष्ट, सेन्ट्रल फाइनान्स, कुमारी, मुक्तिनाथ विकास, लक्ष्मी सनराइज, नेपाल राष्ट्र बैंक, सिद्धार्थ, एनएमबी, हिमालयन, गरिमा विकास र सिटिजन इन्टरनेशनल बैंक लिमिटेडको सहभागीता रहेको आयोजकले जनाएका छन् ।

    प्रतियोगिताको मुख्य प्रायोजकमा होटल ग्लासगो ईन भैरहवा र सह–प्रायोजकमा नाईट वाच सेक्रेयुटी एण्ड ईलेक्ट्रीकल्स सर्भिसेज, युसीएमएस र आँगन होटल रहेको कार्यक्रम संयोजक विनिता थापाले बताइन् । विभिन्न संघ–संस्था तथा व्यवसायीहरुले ब्यानर सौजन्य गरेर प्रतियोगितालाई सफल बनाउन सहयोग गरेको उनले बताइन् ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij