images

आइतवार, बैशाख १६ गते २०८१

मंगलबारदेखि ओमसतियामा ११ औं नव युवा कप–२०८० हुँदै

मंगलबारदेखि ओमसतियामा ११ औं नव युवा कप–२०८० हुँदै

images
images
images
शनिवार, फाल्गुण २६ २०८०
शनिवार, फाल्गुण २६ २०८०
  • मंगलबारदेखि ओमसतियामा ११ औं नव युवा कप–२०८० हुँदै

    भैरहवा, २६ फागुन ।
    नव युवा खेलकुद तथा साँस्कृतिक परिवार ओमसतिया–१ ठुटीपीपल, रुपन्देहीको आयोजनामा फागुन २९ गते मंगलबारदेखि ११ औं नव युवा कप–२०८० (फुटबल प्रतियोगिता) हुने भएको छ । ओमसतिया गाउँपालिका–१ स्थित कर्मडाडा खेल मैदानमा चैत १० गते शनिबारसम्म प्रतियोगिता सञ्चालन हुने आयोजकले शनिबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएका छन् ।

    images

    एन्फाको नियम अनुसार खेल खेलाइने उक्त प्रतियोगितामा १२ वटा टीमको सहभागीता रहने नव युवा खेलकुद तथा साँस्कृतिक परिवारका अध्यक्ष चन्द्र बहादुर गुरुङले बताए । 

    प्रतियोगितामा प्रथम हुने (विजेता) टीमलाई नगद रु. २ लाख २ हजार २ सय २२ सहित कप, मेडल र प्रमाणपत्र तथा दोस्रो हुने (उपविजेता) टीमलाई नगद रु. १ लाख १ हजार १ सय ११ रुपैयाँ प्रदान गरिने गुरुङले जानकारी दिए ।

    प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई नगद रु. ८ हजारसहित कप र प्रमाणपत्र, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोल रक्षकलाई रु. ५ हजारसहित कप र प्रमाणपत्र प्रदान गरिने खेल संयोजक विष्णु बराल मगरले बताए । त्यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद रु. १ हजार ५ सयसहित कप प्रदान गरिने उनले जानकारी दिए ।

    आयोजकका अनुसार प्रतियोगिताको उद्घाटन फागुन २९ गते मंगलबार दिउँसो २ बजे कर्मडाडा खेलमैदानमा हुनेछ ।
    प्रतियोगिताका आर्थिक संयोजक दिल बहादुर गुरुङले प्रतियोगिताको सहयोगी संस्था ओमसतिया गाउँपालिका १ नम्बर वडा कार्यालय ठुटीपीपल रहेको जानकारी दिए ।

    ओमसतिया गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष बेल बहादुर बराल मगरले आफू जनप्रतिनिधि नरहेको अवस्थामा पनि प्रतियोगितालाई निरन्तर साथ र सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले खेलकुदको माध्यमले देशलाई विश्वमै चिनाउन सकिने भएकाले यस्ता प्रतियोगिताहरुलाई निरन्तरता दिदै जानुपर्नेमा जोड दिए ।

    त्यस्तै नव युवा खेलकुद तथा साँस्कृतिक परिवारका पूर्वअध्यक्ष लक्ष्मण थापाले प्रतियोगिताको सुरुवातदेखि हालसम्म राम्रोसँग सञ्चालन हुँदै आएको बताए ।

    फुटबलका नेशनल रेफ्री अमर पुनले फुटबल प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न खेलाडी, आयोजक, दर्शक र रेफ्रीको उत्तिकै सहभागीता आवश्यक रहेको बताए ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij