images

आइतवार, बैशाख १६ गते २०८१

एक्स्ट्राटेक लिजेन्ड कप हुँदै

एक्स्ट्राटेक लिजेन्ड कप हुँदै

images
images
images
शनिवार, फाल्गुण २६ २०८०
शनिवार, फाल्गुण २६ २०८०
  • एक्स्ट्राटेक लिजेन्ड कप हुँदै

    रुपन्देही, २६ फागुन ।

    images

    निजी क्षेत्रको लगानीमा रुपन्देहीको तिलोत्तमामा निर्माण गरिएको खेलमैदानमा एक्स्ट्राटेक लिजेन्ड कप हुन लागेको छ । तिलोत्तमा नगरपालिका–१७ स्थित एक्स्ट्राटेक ओभल मैदानको उद्घाटन स्वरुप उक्त प्रतियोगिताका लागि जर्सी प्रदान गरिएको छ । टी-१० संरचनामा हुने एकदिने प्रतियोगितामा लिजेन्ड्स ९६, रेस्ट अफ नेपाल, विश्वकप २०१४ र रुपन्देही लिजेन्ड्स गरी चारवटा टोलीले प्रतिष्पर्धा गर्दैछन् ।

    नेपालले सन् १९९६ मा मलेसियामा पहिलो एसीसी ट्रफीमार्फत अन्तर्राष्ट्रिय क्रिकेटमा प्रवेश गरेको थियो । यो टोलीका १४ मध्येका १२ खेलाडी लिजेन्ड्स ९६ बाट तिलोत्तमा एक्स्ट्राटेक लिजेन्ड कपमा उत्रिनेछन् ।

    यही टोलीका ६ खेलाडी विश्वकप २०१४ बाट तिलोत्तमा एक्स्ट्राटेक लिजेन्ड कपमा खेल्नेछन् । पारस खड्काको कप्तानीमा रहेको विश्वकप २०१४ को टोलीबाट ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, शक्ति गौचन, जितेन्द्र मुखिया र अविनाश कर्ण रहेका छन् । २०१४ मा विश्वकप खेलेको नेपाली टोलीका ८ खेलाडी अहिले विदेशमा छन् । सोमपाल कामी र विनोद भण्डारी नेपाली राष्ट्रिय टोलीसँगै हङकङमा छन् ।

    नेपालको पहिलो अन्तर्राष्ट्रिय टोली र विश्वकप नखेलेका टोली बीचको कम्बिनेसन हो, रेस्ट अफ नेपाल । विनोद दासको कप्तानीमा रहेको रेष्ट अफ नेपाल टोलीमा नेपालबाट अन्तर्राष्ट्रिय खेल खेलेका खेलाडीहरु रहेका छन् । हरि थापाको कप्तानीमा रहेको रुपन्देही लिजेन्ड्समा सञ्जीव जोशी, दुर्गा सेन, अन्तिम थापा, लालबहादुर अधिकारीसहित अन्तर्राष्ट्रिय क्रिकेट खेलेका खेलाडीहरु रहेका छन् ।

    नेपाली महिला टोलीले २००७ मा मलेसियामै भएको एसीसी कप प्रतियोगिता खेलेको थियो । सो टोलीका चार खेलाडीले यस तिलोत्तमा एक्स्ट्राटेक लिजेन्ड कपमा खेल्ने छन् । नितु थापा रुपन्देही लिजेन्ड्स, ममता थापा विश्वकप २०१४, नीरा राजोपाध्याय लिजेन्ड्स ९६ र सीता रानामगर रेस्ट अफ नेपालबाट खेल्ने छिन् । त्यस्तै गायक प्रमोद खरेलले रेष्ट अफ नेपाल, बढी पंगेनीले विश्वकप २०१४ र कर्पोरेटका प्रतिनिधित्व राजेन महर्जनले लिजेन्ड्स ९६ बाट खेल्नेछन् ।

    तिलोत्तमा नगरपालिकाको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा निभिया जर्सी पार्टनर र एयरलायन्स पार्टनरको रुपमा यति एयरलायन्सले सहयोग गरेको छ । एक्स्ट्राटेक ओभल प्रा.लि.का निर्देशक विनोद कुँवरले ९ महिनामा अन्तर्राष्ट्रियस्तरको क्रिकेट निर्माण गरी प्रतियोगिता गर्न लागिएको जानकारी दिए । उनले छोटो समयमा पनि खेलकुद मैदान बन्न सक्छ भन्ने उदाहरण प्रस्तुत गरिएको बताए ।

    रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि बहादुर थापाले संघकोतर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

    संघका निवर्तमान अध्यक्ष प्रशान्त विक्रम मल्लले रुपन्देहीमा अर्को क्रिकेट खेलमैदान थपिएको भन्दै खुसी व्यक्त गरे ।

    लुम्बिनी प्रदेश क्रिकेट संघका अध्यक्ष संजय गुरुङले केही महिनामै क्रिकेट खेलमैदान तयार भएको बताए ।

    नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले रुपन्देहीलाई क्रिकेट हब बनाउन यो खेलमैदानले सहयोग गर्ने बताए ।

    लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव जयप्रकाश भट्टराईले नेपालमा खेलकुदको दायरा फराकिलो छ भनेर बुझ्नुपर्ने बताए ।

    जर्सी पाटर्नर निभियाका राजन महर्जनले रुपन्देहीका धेरै खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा योगदान पुर्याएको चर्चा गरे ।

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij