images

सोमवार, बैशाख १७ गते २०८१

रुपन्देहीमा भन्सार छलेर ल्याइएको करिब २ लाखको सामान बरामद

रुपन्देहीमा भन्सार छलेर ल्याइएको करिब २ लाखको सामान बरामद

images
images
images
शनिवार, फाल्गुण २६ २०८०
शनिवार, फाल्गुण २६ २०८०
  • रुपन्देहीमा भन्सार छलेर ल्याइएको करिब २ लाखको सामान बरामद

    भैरहवा, २६ फागुन ।
    अवैध रुपमा भारतबाट नेपालतर्फ भन्सार छली चोरी पैठारी गरी ल्याइएको सामान रुपन्देही प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देही मातहत खटिएको प्रहरी टोलीले शनिबार जिल्लाका विभिन्न स्थानबाट अन्दाजी मूल्य रु. १ लाख ८२ हजार ५ सय ९२ बराबरको सामान बरामद गरेको हो ।

    images

    नियन्त्रणमा लिइएका अवैध सामान आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) मनोहर प्रसाद भट्टले जानकारी दिए ।

    डीएसपी भट्टका अनुसार ईलाका प्रहरी कार्यालय मझगवाबाट खटिएको टोलीले कोटहीमाई गाउँपालिका वडा नम्बर ५ स्थित तुनिहवाबाट विभिन्न सामान बरामद गरेको छ । बरामद गरिएका सामानहरुमा प्याज ५ क्वीटल, हरियो मटर ४७ केजी, आलु ३८ के.जी., तितेकरेला १५ केजी, खुर्सानी १० केजी, कागती ८ केजी, भिण्डी ३० केजी, चुकन्दर १० केजी र कटहर २६ केजी रहेका छन् ।

    त्यस्तै वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको टोलीले सिद्धार्थनगर नगरपालिका–८ स्थित कान्छीबजारबाट प्याज २० बोरा (१० क्वीन्टल) बरामद गरेको छ ।  

    त्यसै गरी प्रहरी चौकी मर्यादपुरबाट खटिएको टोलीले मायादेवी गाउँपालिका–६ शिवपुर गोनाहाबाट लु ९ प ४६४२ नम्बरको मोटरसाईकलमा २ बोरा चिनी मोटसाईकलसहित नियन्त्रणमा लिएको छ ।

    प्रहरी चौकी मेउडिहवाबाट खटिएको टोलीले जिल्ला सिद्धार्थनगर नगरपालिका वडा नम्बर २ बाट १५ बोरा प्याज र १ बोरा हरियो मटर नियन्त्रणमा लिएको रुपन्देही प्रहरीले जनाएको छ ।
     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij