images

सोमवार, बैशाख १७ गते २०८१

श्री गणेश कालिका मन्दिर सिद्धार्थनगर–१२ को अध्यक्षमा पुनः काफ्ले

श्री गणेश कालिका मन्दिर सिद्धार्थनगर–१२ को अध्यक्षमा पुनः काफ्ले

images
images
images
शनिवार, फाल्गुण २६ २०८०
शनिवार, फाल्गुण २६ २०८०
  • श्री गणेश कालिका मन्दिर सिद्धार्थनगर–१२ को अध्यक्षमा पुनः काफ्ले

    भैरहवा, २६ फागुन ।
    श्री गणेश कालिका मन्दिर सिद्धार्थनगर–१२ भैरहवा, रुपन्देहीको पाँचौ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ । मन्दिर परिसरमा भएको अधिवेशनले पुनः ज्ञान प्रसाद काफ्लेको अध्यक्षतामा आगामी दुईवर्षे कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।

    images

    IMG_9875.JPG

    प्रमुख निर्वाचन अधिकृत अधिवक्ता कृष्णप्रसाद ढकालका अनुसार मन्दिरको उपाध्यक्षमा विश्वबन्धु काफ्ले, सचिवमा सरोज ठकुरी, कोषाध्यक्षमा तिलक प्रधान, सह–सचिवमा बाबुराम न्यौपाने र सह–कोषाध्यक्षमा शारदा पन्त निर्वाचित भएका छन् ।
    त्यस्तै सदस्यहरुमा कृष्णराज गिरी, सावित्री बराल, राम बन्जाडे, मिना श्रेष्ठ र आशिष पन्त निर्वाचित भएका छन् ।

    नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई प्रमुख निर्वाचन अधिकृत ढकालले सपथग्रहण गराएका थिए ।

    साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिका वडा नम्बर १२ का वडाअध्यक्ष कुमार गुरुङले धर्म संस्कृतिको संरक्षणका लागि वडा कार्यालयकोतर्फबाट आवश्यक काम गर्ने बताए । उनले नवनिर्वाचित कार्यसमितिले अझ राम्रो काम गर्ने भन्दै शुभकामना व्यक्त गरे । वडाअध्यक्ष गुरुङले भने, ‘वडामा टोल विकास समितिहरु गठन गरेर ती समितिहरुलाई क्रियाशिल बनाउनुपर्छ ।’ उनले जनताको काम गर्नका लागि जनप्रतिनिधिको रुपमा निर्वाचित भएकाले समयसमयमा सल्लाह सुझाव दिन आग्रह गरे । 

    IMG_9818.JPG

    कार्यक्रममा विशिष्ट अतिथि मन्दिरका पूर्वअध्यक्ष देवी प्रसाद पौडेलले मन्दिरको संरक्षणमा लाग्ने सबैप्रति आभार व्यक्त गरे ।
    मन्दिरका अध्यक्ष ज्ञान प्रसाद काफ्लेले आफू २०७२ सालदेखि मन्दिर समितिमा प्रवेश गरेको बताए । उनले मन्दिरको छत पुर्ननिर्माण गरिएको र यसमा सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरे । उनले भने, ‘यो धार्मिक संस्था हो । मन्दिरको संरक्षण गर्नु हामी सबैको दायित्व हो ।’

    मन्दिरका कोषाध्यक्ष कृष्णराज गिरीले आय–व्यय प्रतिवेदन र सचिव सरोज ठकुरीले सचिवको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
    श्री गणेश कालिका मन्दिरमा हाल साधारण र आजीवन गरी ८१ जना सदस्यहरु आबद्ध रहेको सिद्धार्थनगर नगरपालिका–१२ का पूर्व वडा सदस्यसमेत रहेका मन्दिरका सचिव सरोज ठकुरीले बताए ।

    IMG_9905.JPG

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij