२०८३, आषाढ १८ गते

Jul 02 2026 | २०८३, आषाढ १८ गते

दरखसवा गाउँ समाजद्वारा रक्तदान

शनिवार , फाल्गुण २६, २०८०

  • 1.2K
    Shares
  • 1.2K
    Shares
  • भैरहवा, २६ फागुन ।
    रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ स्थित दरखसवा गाउँ समाजले रक्तदान गरेको छ । विभिन्न सामाजिक काम गर्दै आएको यो संस्थाले शनिबार रक्तदान कार्यक्रम गरेको हो । सो अवसरमा ३७ युनिट रगत संकलन भएको संस्थाले जनाएको छ।

    समाजका अध्यक्ष रवि कुमार श्रेष्ठको सभापतित्व, सिद्धार्थनगर–३ का वडाअध्यक्ष नारायण प्रसाद उपाध्यायको प्रमुख आतिथ्यता तथा महिला समुहकी अध्यक्ष रुपमाया पुनको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव दिलिप थापा र स्वागत समाजका वरिष्ठ उपाध्यक्ष विनय ज्ञवालीले गरेका थिए । 

    समाजले रक्तदान, सरसफाई, विपन्नलाई आर्थिक सहयोग, विभिन्न सामाजिक गतिविधिमा सहभागीता एवं सहयोग गर्दै आएको उपाध्यक्ष ज्ञवालीले जानकारी दिए ।