images

सोमवार, बैशाख १७ गते २०८१

रुपन्देहीमा सशस्त्र प्रहरीद्वारा अवैध जुत्ताचप्पल बरामद

रुपन्देहीमा सशस्त्र प्रहरीद्वारा अवैध जुत्ताचप्पल बरामद

images
images
images
शनिवार, फाल्गुण २६ २०८०
शनिवार, फाल्गुण २६ २०८०
  • रुपन्देहीमा सशस्त्र प्रहरीद्वारा अवैध जुत्ताचप्पल बरामद

    भैरहवा, २६ फागुन ।

    images

    सशस्त्र प्रहरीले रुपन्देहीमा अवैध जुत्ताचप्पल बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल नं.२७ गण हे.क्वा. रुपन्देहीका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) आनन्द थापा मगरको कमाण्डमा खटिएको गाडी मोबाइल टोलीले शुक्रबार जुत्ताचप्पल बरामद गरेको हो ।

    बुटवल उपमहानगरपालिका–१३ स्थित झोलुङ्गे क्षेत्रमा लु १ च ५९७१ (२०१४) मोडल बलेरो सिंगलक्याप गाडीमा अवैध रुपमा भारतबाट नेपालतर्फ ल्याइएको ३६० जोर जुत्ता र ३५७ जोर बच्चाको चप्पल बरामद गरिएको एसपी थापामगरले बताए ।

    जुत्ताचप्पलको मूल्य रु. ३ लाख ९९ हजार ३ सय ३० र सोही सामान ढुवानीमा प्रयोग गरिएको उक्त गाडीको मूल्य रु. ९ लाख गरी रु. १२ लाख ९९ हजार ३ सय ३० रुपैयाँ बराबरको सामान तथा चालक रुपन्देहीको सम्मरीमाई गाउँपालिका–७ बेतकुँइयाका २४ वर्षिय रविन्द्र यादवसमेतलाई नियन्त्रणमा लिइ आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

    kll.JPG

     

     

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij