images

शुक्रवार, बैशाख २१ गते २०८१

सैनामैना नगरपालिका वडा नम्बर ९ को प्रशासनिक भवन उद्घाटन

सैनामैना नगरपालिका वडा नम्बर ९ को प्रशासनिक भवन उद्घाटन

images
images
images
शुक्रवार, फाल्गुण २५ २०८०
शुक्रवार, फाल्गुण २५ २०८०
  • सैनामैना नगरपालिका वडा नम्बर ९ को प्रशासनिक भवन उद्घाटन

    रुपन्देही, २५ फागुन ।
    रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर ९ (वडा कार्यालय) को प्रशासनिक भवन बिहीवार उद्घाटन भएको छ । भवनको एक समारोहकाबीच उद्घाटन गर्दै सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्रप्रसाद शर्माले अहिले सिंहदरबारको अधिकार गाउँसम्म आएको बताए । उनले वडा नम्बर ९ को प्रशासनिक भवनबाट सेवाग्राहीलाई सेवा दिन अझै सहज हुने बताए । नगरप्रमुख शर्माले जनताले नै आफूहरुलाई निर्वाचित गरेर पठाएकोले सेवाग्राहीको सेवासुविधालाई जनप्रतिनिधिले ध्यान दिनुपर्ने धारणा राखे ।

    images
    images
    images

    नगर उपप्रमुख बिना रानाले सहमति र सहकार्यको आधारमा अघि बढे धेरै काम गर्न सकिने बताइन् । 

    सैनामैना–९ का वडाअध्यक्ष भानु पाण्डेले वडा कार्यालयको प्रशासनिक भवनको जग्गा निःशुल्क दिने कुराको प्रसंग स्मरण गर्दै भने, ‘पैसा धेरैसँग हुन्छ । अर्बपतिसँगै पैसासँगै जग्गा पनि हुन्छ तर, पैसा र जग्गा भएर मात्रै हुँदैन, मन पनि हुनुपर्छ ।’ 
    उनले जग्गादान गर्ने मन भएकै कारण स्थानीय शालिग्राम घिमिरे र थानेश्वर पाण्डेले वडा कार्यालय र आधारभूत स्वास्थ्य कार्यालय बनाउन साढे ३ कट्ठा जग्गा दिनुभएको बताउँदै त्यही जग्गामा अहिले वडा कार्यालय निर्माण भएको बताए ।

    वडा भवनको शिलान्यास २०७९ माघ १२ गते भएको थियो । करिब १ करोड ५ लाखको लगानीमा वडा कार्यालय भवन निर्माण सम्पन्न भएको हो ।  

    69992d3a-526f-4ef7-8c40-9934d68c09d9.jpg

    सैनामैना–९ का वडा अध्यक्ष भानुभक्त पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले सैनामैना–९ का अध्यक्ष तथा निर्वतमान वडाअध्यक्ष डोलराज भण्डारी, नेपाली कांग्रेस वडा नम्बर ९ का सभापति ईश्वरी तिवारी, नेकपा (माओवादी केन्द्र) रुपन्देही जिल्ला सल्लाहकार तिलक नेपाली, राष्ट्रिय  प्रजातन्त्र पाटी प्रतिनिधि सागर लम्साल, जनचेतना माध्यमिक विद्यालयका अध्यक्ष धर्मराज आत्रेय लगायतले बोलेका थिए ।

    वडा सदस्य तुल्सी प्रसाद रिजालको स्वागत तथा वडा सचिव कपिल पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij