images

शुक्रवार, बैशाख २१ गते २०८१

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस : सिद्धार्थनगरमा महिला सरसफाईकर्मीहरु सम्मानित

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस : सिद्धार्थनगरमा महिला सरसफाईकर्मीहरु सम्मानित

images
images
images
शुक्रवार, फाल्गुण २५ २०८०
शुक्रवार, फाल्गुण २५ २०८०
  • अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस : सिद्धार्थनगरमा महिला सरसफाईकर्मीहरु सम्मानित

    भैरहवा, २५ फागुन । 
    रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको कार्यालयले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा प्रभातफेरी लगायत कार्यक्रम गरेको छ । प्रत्येक वर्षको मार्च ८ तारिखका दिन अन्तर्राष्ट्रिय महिला दिवस मनाइने गरिन्छ । ‘महिलामा लगानी, मर्यादित समुन्नत समाजको थालनी’ भन्ने नाराका साथ ११४ औं उक्त दिवसका दिन विभिन्न संघ–संस्थाको सहभागीतामा भैरहवाको देवकोटाचोकदेखि सिद्धार्थनगर नगरपालिका कार्यालयको प्रांगणसम्म प्रभातफेरी गरेको थियो ।

    images
    images
    images

    1709895945399.jpg

    साथै, उक्त अवसरमा सिद्धार्थनगरले १० जना महिला सरसफाईकर्मीहरुलाई सम्मान समेत गरेको छ । पालिकाले उनीहरुलाई खाद्यान्न साम्रगी र सम्मानपत्रसहित सम्मान गरेको हो । कार्यक्रममा महिला सशक्तिकरण समानता, जागरुता लगायतका विषयमा कविता वाचन गरिएको थियो ।

    ‘परिवार सम्हाल्नुुका साथै महिला सरसफाईकर्मीहरु एकाबिहानैदेखि नगर सफा राख्नका लागि खटिएका हुन्छन्’ सिद्धार्थनगरको उपप्रमुख उमा अधिकारीले भनिन्, ‘थप मनोबल बढाउनका लागि यस वर्ष उनीहरुलाई सम्मान गरेका हौं ।’

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईंले दाईजो प्रथाका कारण महिलाहरुले दुःख, पीडा भोग्नुपरेकोले प्रथाको अन्तय हुनुपर्ने बताए ।

    सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले महिला दिवस मनाउँदा यसको उपलब्धीतर्फ पनि सबैले मनन गर्नुपर्ने बताए । उनले महिलामाथि हुने अत्याचार, विभेदको अन्त्य गर्नका लागि सरोकारवालाहरु एकसाथ अगाडि बढ्न आवश्यक रहेकामा जोड दिए ।

    सामाजिक अभियन्ता तथा नेफ्स्कुनका सञ्चालक ज्ञानु पौड्यालले लैंगिक समानता र सशक्तिकरणका लागि राज्यले लगानी गर्दै राज्यको हरेक तहमा महिलाको अर्थपूर्ण सहभागीता र निर्णयमा महिलालाई अगाडि बढाउने अहिलेको आवश्यकता सवालमा कार्य गर्नपर्ने बताइन् । 

    उनले भनिन्, ‘नीति निर्माण तहमा महिलालाई अगाडि बढाउन क्षमता अभिवृद्धि गर्नुपर्ने र पुरुषले पनि यसको लागि वातावरण मिलाउँदै महिलावादी सोचको विकास जरुरी छ । महिलाभित्रको विविधतालाई केन्द्रित गरी तीनै सरकारको नीति योजना र कार्यक्रम लैंगिकमैत्री जरुरी छ । समानताका लागि हामीले सोच र मानसिकतामा परिवर्तन गरौं ।’  सामाजिक, आर्थिक, शिक्षा, स्वास्थ्य, राजनीति सबैको विकासमा महिला कहाँ र कुन अवस्थामा भन्ने विश्लेषण गर्दै जानुपर्ने पौड्यालले बताइन् ।

    सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख उमा अधिकारीले शिक्षाको अभावले समाजमा अझै पनि महिलामाथि विभेद भएको बताउँदै परिवारबाटै व्यवहारमा परिवर्तन ल्याए समग्र समाज परिवर्तन हुने बताइन् । ‘महिलाहरुमाथि महिलाबाटै समेत विभेद हुने गरेको पाइएकोले सोच परिवर्तन गर्न जरुरी छ’ उनले भनिन्, ‘सुरुवात आफैबाट गरे पक्कै पनि समाजमा परिवर्तन हुन्छ ।’

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij