images

सोमवार, बैशाख १७ गते २०८१

रुपन्देहीमा सशस्त्र प्रहरीद्वारा २५० बोरा चिनी बरामद

रुपन्देहीमा सशस्त्र प्रहरीद्वारा २५० बोरा चिनी बरामद

images
images
images
शुक्रवार, फाल्गुण २५ २०८०
शुक्रवार, फाल्गुण २५ २०८०
  • रुपन्देहीमा सशस्त्र प्रहरीद्वारा २५० बोरा चिनी बरामद

    भैरहवा, २५ फागुन । सशस्त्र प्रहरी बल, नं. २७ गण हे.क्वा. रुपन्देहीले अवैध चिनी बरामद गरेको छ । सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) दुर्गा बहादुर थापाको कमाण्डमा खटिएको टोलीले शुक्रबार मायादेवी गाउँपालिका–५ स्थित बुडवाबाट २५० बोरा (१२ हजार ५ सय केजी) चिनी बरामद गरेको हो ।

    images

    डीएसपी थापाका अनुसार विशेष सूचनाको आधारमा भारतबाट अवैध रुपमा नेपालतर्फ ल्याएर बेवारिसे अवस्थामा गोदाम गरी राखेको अन्दाजी मूल्य रु. ७ लाख ५० हजार बराबरको चिनी बरामद गरिएको हो । बरामद गरिएको सामान भैरहवा भन्सार कार्यालय बेलहियामा बुझाइने सशस्त्र प्रहरीले जनाएको छ ।

    apf police.jpg

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij