२०८२, फाल्गुण २७ गते

Mar 11 2026 | २०८२, फाल्गुण २७ गते

महिला सशक्तिकरण एवं सामुदायिक जनचेतना कार्यक्रम सम्पन्न

शुक्रवार , फाल्गुण २५, २०८०

  • 988
    Shares
  • 988
    Shares
  • भैरहवा, २५ फागुन ।
    श्री दुर्गा सामुदायिक सेवा केन्द्र (सामुदायिक प्रहरी) सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३, ५ र ६ को आयोजनामा बिहीबार महिला सशक्तिकरण एवं सामुदायिक जनचेतना कार्यक्रम सम्पन्न भएको छ । ११४ औं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा कार्यक्रम गरिएको कार्यक्रम संयोजक शान्ता कंडेलले बताइन् ।

    श्री दुर्गा सामुदायिक सेवा केन्द्रका अध्यक्ष अजय कुमार गुप्ताको अध्यक्षता, सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीको प्रमुख आतिथ्यता, नमुना एकीकृत परिषद् रुपन्देहीकी संस्थापक अध्यक्ष ज्ञानु पौड्याल, सिद्धार्थनगर–३ का पूर्व वडाअध्यक्ष थानेश्वर पौडेल र समाजसेवी पुरन सिंह रानाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    श्री दुर्गा सामुदायिक सेवा केन्द्रकी कार्यसमिति सदस्य पुनम क्षेत्रीको स्वागत तथा महासचिव एवं कार्यक्रम संयोजक शान्ता कंडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।