images

सोमवार, बैशाख १७ गते २०८१

बालिका जन्मेको ३५ दिनभित्रै जन्मदर्ता गरे ‘कोशेली’

बालिका जन्मेको ३५ दिनभित्रै जन्मदर्ता गरे ‘कोशेली’

images
images
images
शुक्रवार, फाल्गुण २५ २०८०
शुक्रवार, फाल्गुण २५ २०८०
  • बालिका जन्मेको ३५ दिनभित्रै जन्मदर्ता गरे ‘कोशेली’

    भैरहवा, २५ फागुन ।
    रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ ले बालिका जन्मिएको ३५ दिनभित्र जन्मदर्ता गर्नेलाई ‘कोशेली’ प्रदान गर्ने भएको छ । बालिका जन्मेको ३५ दिनभित्र जन्मदर्ता गराउनेलाई प्रोत्साहन गर्न यो कार्यक्रम सुरु गरिने वडाअध्यक्ष उज्जवल पोखरेलले बताए । 

    images

    ‘सिद्धार्थनगर–१ मा जन्मिने छोरी (बालिका) का परिवारले ३५ दिनभित्रै जन्मदर्ता गराएपछि सम्बन्धित परिवारको घरमा पुगेर कोशेली प्रदान गर्नेछौं, ’उनले भने । यसले समयै व्यक्तिगत घटना दर्ता गराउन प्रोत्साहन गर्ने उनले विश्वास व्यक्त गरे । समयमै घटना दर्ता नगर्दा भविष्यमा विभिन्न किसिमका समस्याहरु आइपर्ने कुरालाई मध्यनजर गर्दै यो कार्यक्रम ल्याइएको उनले बताए ।

    त्यस्तै सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ कार्यालयले गर्भवती महिलाहरुलाई पौष्टिक आहार वितरण गर्दै आएको छ । वडाअध्यक्ष पोखरेलका अनुसार प्रत्येक तीन महिनाको अन्तरालमा वडा कार्यालयले पौष्टिक आहार वितरण गर्दै आएको र यसलाई निरन्तरता दिदै जानेछ ।

    WhatsApp Image 2024-03-08 at 8.04.06 AM.jpeg

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij