images

आइतवार, बैशाख १६ गते २०८१

भैरहवामा ‘होटल ग्लासगो लियो कर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगिता’ सुरु

भैरहवामा ‘होटल ग्लासगो लियो कर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगिता’ सुरु

images
images
images
शुक्रवार, फाल्गुण २५ २०८०
शुक्रवार, फाल्गुण २५ २०८०
  • भैरहवामा ‘होटल ग्लासगो लियो कर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगिता’ सुरु

    भैरहवा, २५ फागुन ।
    लियो क्लब अफ सिद्धार्थनगरको आयोजनामा रुपन्देहीको भैरहवामा शुक्रबार ‘१५ औं होटल ग्लासगो लियो कर्पोरेट डे नाईट सुपर सिक्सेज क्रिकेट टुर्नामेन्ट’ सुरु भएको छ । 

    images

    विगत १४ वर्षदेखि क्लबले गराउँदै आएको लियो कर्पोरेट सुपर सिक्स टुर्नामेन्टलाई निरन्तरता दिदै हरेक वर्षझै यस वर्ष पनि आयोजना गरिएको क्लबका अध्यक्ष मनिष ढकालले बताए ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्सका पाष्ट डिष्ट्रिक गभर्नर अरुण प्रताप राणाले लियोले आयोजना गर्दै आएको क्रिकेट प्रतियोगिताको प्रवद्र्धन गर्न टेवा पुर्याउने बताए । उनले कर्पोरेट क्षेत्र (बैंक) सँग लायन्स लियोको सम्बन्ध अझ बलियो बन्ने विश्वास व्यक्त गरे । 

    कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ (पी) का फस्ट भाइस डिष्ट्रिक गभर्नर पुरुषोत्तमभक्त प्रधानाङ्गले यो प्रतियोगितालाई निरन्तरता दिदै जानुपर्नेमा जोड दिए ।

    रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि बहादुर थापाले यो प्रतियोगिताले छुट्टै रौनक ल्याएको बताए । 

    लियो क्लब अफ सिद्धार्थनगरका पूर्वअध्यक्ष पूर्वअध्यक्ष यो प्रतियोगिता सम्पन्न गर्न करिब ३ लाख लाग्ने बताए । उनले बैंक तथा वित्तीय संस्थासँग भातृत्व सम्बन्ध स्थापित गर्ने र प्रतियोगिताबाट बच्ने रकम सामाजिक क्षेत्रमा खर्चिने बताए ।

    प्रतियोगिताको शुभारम्भ कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रंजित सिंह राठौरले बलिङ तथा लायन्सका पाष्ट डिष्ट्रिक गभर्नर अरुण प्रताप राणा र रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि बहादुर थापाले ब्याटिङ गरेका थिए ।

    प्रतियोगितामा नेपाल एसबीआई, महालक्ष्मी विकास, आईसीएफएसी फाइनान्स, सानिमा, नबिल, एभरेष्ट, सेन्ट्रल फाइनान्स, कुमारी, मुक्तिनाथ विकास, लक्ष्मी सनराइज, नेपाल राष्ट्र बैंक, सिद्धार्थ, एनएमबी, हिमालयन, गरिमा विकास र सिटिजन इन्टरनेशनल बैंक लिमिटेड गरी १६ वटा टीमको सहभागीता रहने आयोजकले जनाएका छन् ।

    प्रतियोगिताको मुख्य प्रायोजकमा होटल ग्लासगो ईन भैरहवा र सह–प्रायोजकमा नाईट वाच सेक्रेयुटी एण्ड ईलेक्ट्रीकल्स सर्भिसेज, युसीएमएस र आँगन होटल रहेको कार्यक्रम संयोजक विनिता थापाले बताइन् । विभिन्न संघ–संस्था तथा व्यवसायीहरुले ब्यानर सौजन्य गरेर प्रतियोगितालाई सफल बनाउन सहयोग गरेको उनले बताइन् । ‘यस टुर्नामेन्टबाट बचेको रकम सामाजिक कार्यक्रम लगाइनेछ, ’उनले भनिन् ।

    यो प्रतियोगिता आईसीसी सुपर सिक्स क्रिकेट टुर्नामेन्टको नियम अनुसार सञ्चालन हुने कार्यक्रम संयोजक ईखलाख अहमदले बताए । 

    आयोजकका अनुसार प्रतियोगिताको विजेता टीमलाई रु. २० हजार तथा उपविजेतालाई रु. १० हजार पुरस्कार प्रदान गरिनेछ । त्यस्तै प्रत्येक खेलमा म्यान अफ द म्याच, बेस्ट ब्याट्सम्यान अवार्ड, बेस्ट बलर अवार्ड, बेस्ट फिल्डर अवार्ड, बेस्ट डिसिप्लीन टीम अवार्ड तथा प्रत्येक विजेता टीमलाई मेडल र ट्रफी प्रदान गरिने आयोजकले जनाएका छन् ।

    भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा प्रतियोगिता आयोजना गर्न रुपन्देही क्रिकेट संघले प्राविधिक सहयोग गरेको क्लबका सचिव ज्ञान जैसवालले बताए । 

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij