images

शुक्रवार, बैशाख २१ गते २०८१

महाशिवरात्रिप्रतिको बुझाई र हाम्रो आस्था

महाशिवरात्रिप्रतिको बुझाई र हाम्रो आस्था

images
images
images
शुक्रवार, फाल्गुण २५ २०८०
शुक्रवार, फाल्गुण २५ २०८०
  • महाशिवरात्रिप्रतिको बुझाई र हाम्रो आस्था

    नेपाल पर्वहरुरुको पनि देश हो । यहाँ हरेक महिनामा कुनै न कुनै साना ठुला पर्वहरु परेकै हुन्छन् । यस्ता पर्वहरुले नेपालको संस्कृतिलाई धनी बनाएको छ । विभिन्न जातजाती, धर्म सम्प्रदायहरुले मनाउने यस्ता पर्वहरुमा हाम्रो सनातनी धर्म र संस्कृति प्रकट भईरहेको हुन्छ । यसै मध्येको एउटा पर्व हो महाशिवरात्री । जसलाई पर्वहरुको राजा भनेर पनि सम्बोधन गरिन्छ । यो पर्व यसपटक फागुन महिनाको २५ गते शुक्रबार अर्थात ८ मार्च २०२४ कृष्णपक्षको चतुर्दशी तिथि राती ९ बजेर ५७ मिनटबाट प्रारम्भ भई अर्को दिन साझ ६ बजेर १७ मिनेटसम्म रहने कुरा उल्लेख गरिएको छ । शिवरात्री प्रत्येक महिना पर्दछ । तर महाशिवरात्री वर्षमा एकपटक मात्र पर्दछ । चतुर्दशी तिथिमा पर्ने शिवरात्रिको बारेमा पुराण तथा संहिताहरुबाट हामी धेरै कुराहरु पढ्न र जान्न पाउँछौ । व्रतराज, निर्णयसिन्धु र धर्मसिन्धु आदि ग्रन्थहरुमा यस विषयमा ब्याख्या तथा उधृत गरिएका छन् ।

    images
    images
    images

    वर्षभरीका चार रात्रि मध्ये महाशिवरात्रि
    नेपालमा सनातनी धर्म वा संस्कृतीले वर्षभरीमा चारवटा मुख्य रात्रीहरुलाई विशेष महत्वको रुपमा लिएको देखिन्छ । नवरात्री मध्येको आश्वीन शुक्ल अष्ठमीको रात कालरात्रिको रुपमा, कृष्णजन्म अष्टमीको रातलाई मोहरात्रिको रुपमा, लक्ष्मीपूजाको दिनलाई सुखरात्रिको रुपमा र फागुन कृष्ण चर्तुुदशिको रातलाई महाशिवरात्रिको रुपमा मनाउने प्रचलन रहि आएको छ । मोहरात्रीलाई जन्म, कालरात्रीलाई बुद्धि वा शक्ति, सुखरात्रीलाई ऐश्वर्य र शिवरात्रीलाई मोक्ष प्राप्ति मानेर हिन्दू धर्मावलम्बीहरुले विशेष रुपमा मनाउने प्रचलन छ । 

    शब्दमा महाशिवरात्रि
    प्रस्तुत सन्दर्भमा तीनवटा शब्द महा, शिव र रात्रीलाई ठीक अर्थमा बुझन् सकियो भने मात्र महाशिवरात्रीलाई बुझ्न सकिन्छ । विशेषण वाचक शब्दको रुपमा प्रयोग गरिने महा शब्दले ठूलो वा महान भन्ने अर्थ दिन्छ । शिव शब्दले कल्याण, आनन्द, मंगल, ईस्वर लगायत अन्य धेरै अर्थ प्रदान गर्दछ । यसले मुक्ति  र मोक्ष भन्ने अर्थ पनि दिने गर्दछ । यसैगरी रात्री शब्दले अन्धकारबाट हुने नैतकिपतन रातलाई संकेत गर्दछ अथवा असत्यबाट सत्य तर्फ अभिमुख हुन पे्ररणा प्रदान गर्दछ । यी शब्दहरुलाई एउटा सुपोमा राखेर हेर्दा सामान्य अर्थमा महाशिवरात्रि भन्ने बुझिन्छ । यसको विशेष अर्थ पैहिल्याउ नलाग्ने हो भने यी तिनवटा शब्दहरु मध्ये शिव शब्दको वजन धेरै हुन्छ । यसमा मन नित्य सुख र आनन्द पनि समेटिन्छ । जसले सत्य र सुन्दर शब्दको पनि प्रतिनिधित्व गर्दछ । यस भित्र मानव जाती वा शक्तिको विश्लेषण पनि गरिन्छ । शिव शब्दलाई संस्कृतको चश्मा लगाएर हेर्दा शिव स इ व बाट बनेको र  शको अर्थ नित्यसुख र आनन्द हो । इको अर्थ मानव जाति हो । जसलाई पुरुष शब्दले जनाउने गरिएको पाइन्छ । वको अर्थ  शक्ति हो । यस अर्थमा जुन पुरुषले नित्य आनन्द र जीवन बाँच्न ऊर्जा दिन्छन् भन्नु नै शिव हो ।

    शिव नाम अनेक विस्वास एक
    शिवलाई विभिन्न नाम र लिलाको रुपमा चिन्ने गरिन्छ । यीनका हरेक नामका पछाडि एउटा अर्थ लुकेको हुन्छ । हरेक लिलाका पछाडि एउटा अर्थ लगाईएको हुन्छ । यसलाई सकारात्मक नकारात्मक जुनसुकै हैसियतमा पनि ब्याख्या गर्न सकिन्छ । बाघम्बर, नगेन्द्रहार, नीलकण्ठ, महारुद्र, जटाधारी, नागनाथ, उमापति, अदिदेव जुनसुकै रुपमा बुझे पनि आखिर सबै शिव हो ।

    शिवरात्रि र उपवाश
    आध्यात्मिक र वैज्ञानिक दुवै हिसाबबाट उपवास बस्नु स्वास्थ्यको लागि राम्रो मानिन्छ । तर, सवैमा यो कुरा लागु नहुन सक्दछ । शरिरिक मानसिक अवस्थाले मात्र यसलाई निक्र्याेल गर्नु पर्दछ । कुनै पनि आध्यात्मिक साधनाका लागि उपवास बस्ने परम्परा छ । त्यसैले महाशिवरात्रिमा पनि उपवासको महत्व हुनु स्वभाविकै छ । उपवासले हाम्रो मन र ईन्द्रियहरुलाई संयमी बनाउन सहयोग गर्छ । शिव प्राप्तिको लागि शिवकै नामको रातमा उपवास बसेर उनीलाई बेलपत्र, दूध, धतुरो समर्पित गर्नु, उनीको नाममा जप, तपगर्नु, जागाराम बस्नु यो पर्वका विशिष्टता हो । यस्ता कर्महरुका पछडि मृत्यपछि यमलोक जान नपर्ने विश्वास गरिन्छ । यसरी भोग र मोक्ष प्राप्तिमाथि विस्वास गर्नेहरुका लागि यो समय अवश्य पनि सकारात्मक उर्जा प्राप्तगर्ने अवसर हो भनेर बुझ्दा अन्यथा हुने छैन । चतुुर्दशी तिथिका स्वामी शिव मानिन्छन् । ज्येतिषशास्त्रले पनि यो तिथिलाई शुुभ फलदिने तिथिको रुपमा मानेको छ । यसैदिन रासीअनुसार मिल्ने रुद्राक्ष धारण गर्ने र महामृत्युञ्जय मन्त्र जपपनि गरिन्छ । यसबाट मानिसको प्राण रक्षा हुन्छ भन्ने मान्यता र विश्वास छ ।

    अन्धकार र प्रकाश वीच शिव
    शिव अन्धकार हो कि भनेर प्रश्न गर्नु भन्दा अन्धकार र प्रकाशवीचको फरकमा शिवलाई कसरी बुमmने भन्ने प्रश्न महत्वपूर्ण हुन्छ । उज्यालोको दाँजोमा अन्धकार संभावना हो । अन्धकारका लागि आगो बत्ति बोल्न पर्दैन् । सुुर्य उदाउनु पर्दैन । यो शास्वत सत्य हो भनिन्छ । यो सर्वब्यापी छ । जहाँ अन्धकार छ त्यहाँ प्रकाश पुुग्ने प्रयास गर्छ । तर जहाँ प्रकाश छ त्यहाँ अन्धकार पुुग्दैन । यो अर्थमा अन्धकार शाश्वत हो यो चिरस्थायी  छ । सनातन छ । जुन चीज सत्य छ काल्याणकारी छ  र सुन्दर छ तव मात्र यसलाई अपनाउने गरिन्छ । त्यसैले शिवलाई अपनाउनुको रहस्य पनि यही हुुनुपर्दछ ।

    सत्यम् शिवं सुन्दरम्
    शिवलाई आध्यात्मवादी दृष्टिकोणबाट हेर्दा शक्ति वा उर्जाको रुपमा मान्न सकिन्छ । मानिसको जन्म र मृत्यु पनि उर्जाकै कारण हुने गर्दछ । शिवलाई सुन्दरतासंग राखेर पनि हेर्ने सकिन्छ । कुनै पनि सुन्दर र आकर्षक देखिने गरगहना पोशाक भेष भन्दा फरक रुपमा देखिने तत्व नै सुन्दर देखिन्छ भने त्यो शिव हो । सत्य हो । जो निरञ्जन र निराकार छ । 

    महाशिवरात्रिको महत्व
    यसरी माथि उल्लेखित आधारमा महाशिवरात्रि पर्वलाई बुझने प्रयास गर्नु पर्ने हुन्छ । शिवरात्रीको महत्वतर्फ हेर्दा ब्रमाण्डको रक्षाका लागि समुद्र मन्थनबाट आएको हलाहलबीस सेवन गररे शिव निलकण्ठ बनेको, संसार प्रलयको बेला शिवले ताण्डब नाच गरेको, तेस्रो नयनबाट अग्नि ज्वाला निकालेर ब्रमाण्डलाई समाप्त गरेकोे, करोडौं सूर्य बरावर क्षमता भएको लिंगको रुपमा प्रकट भएका कुराहरु हामी पढेका छौ । यो क्रियाकलापले शक्ति प्रदर्शनलाई बुझाउँछ । त्यसैले यस्तो शक्तिको उपासना महाशिवरात्रीको दिन विशेष रुपमा गरिन्छ । यस्ता महान शक्तिहरुबाट गरिएका कार्य वालिलाहरु लोक कल्याणतर्फ उन्मुख थिए भन्ने मत छ । यसैकारण भगवान र मानवकावीच यो विशेष दिनमा अति नजिकको सम्वन्धमा गाँसिएको थियो भनिन्छ । त्यसैले पनि शिवशक्ति, मंगल र आनन्दतर्फ परिलक्षीत थियो भन्ने बुझाईमा महाशिवरात्रीको महत्वलाई लिन सकिन्छ । यसै दिन शिव र पार्वती विवाहबन्धनमा बाँधिएका हुन् भन्ने कथन पनि छ । 

    निष्कर्ष
    आत्मा देखि उजागर भएको सम्मान, अखण्ड विस्वास, श्रद्धा र आलम्बनले हरेक प्राणीमा आशा जगाई रहेको हुन्छ । जुन कुरा निराकार र निर्विकल्प हुन्छ त्यस माथिको आस्था अटल हुन्छ । सयौं वर्षदेखि माझिदै र खारिदै आएको हाम्रो धर्म संस्कृति र यसप्रतिको विशाल विश्वासलाई  पुराण र उपनषिद्हरुले प्रमाणीकृत गरेका छन् । ज्ञानलाई चरम उत्कर्षमा पुु¥याउदै विज्ञानलाई चुनौती पनि दिएका छन् । ज्ञान मर्दछ हाँसेर रोइ विज्ञान मर्दछ भन्ने स्व.बालकृष्ण सम आखिर श्रीकृष्ण रहेछ एक भन्ने महाकवि स्व.लक्ष्मीप्रसाद देवकोटाका अभिब्यतिmहरुले पनि थप बलियो बनाएका छन् । हामीले कतिपय भौतिक विकासमा छलाङ् मार्न सकौला, अग्रगमनका लागि ध्वम्स गर्न सकौला तर आध्यात्ममिक चेतना र परापुर्वकाल देखि आर्जीत अटल विश्वासलाई कैद गर्न वा पाखा लागाउन चाहेर पनि सक्दैनौ भन्ने कुरा महाशिवरात्रिजस्ता पर्वहरुले प्रमाणीत गरिरहेका छन् ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij