images

सोमवार, बैशाख १७ गते २०८१

‘आत्मनिर्भरता र आर्थिक सबलीकरणबाट मात्रै महिला सशक्तिकरण सम्भव’

‘आत्मनिर्भरता र आर्थिक सबलीकरणबाट मात्रै महिला सशक्तिकरण सम्भव’

images
images
images
बिहिवार, फाल्गुण २४ २०८०
बिहिवार, फाल्गुण २४ २०८०
  • ‘आत्मनिर्भरता र आर्थिक सबलीकरणबाट मात्रै महिला सशक्तिकरण सम्भव’

    बुटवल, २४ फागुन । 
    महिलाहरुको क्षमता अभिवृद्धि गरी आत्मनिर्भर र आर्थिक रुपले सबल बनाउन सकेमा मात्रै महिलाहरुको उचित सम्मान हुने एक कार्यक्रमका वक्ताहरुले धारणा राखेका छन् । महिला अधिकारका बारेमा धेरै कुराहरु उठ्ने गरेको भए पनि महिला सशक्तिकरण र सबलीकरणका बारेमा उचित प्रबन्ध गर्न नसक्दा महिलाका अधिकारहरु कुण्ठित हुने गरेको उनीहरुले बताएका छन् । 

    images

    ११४ औं अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले बिहीबार सैनामैनामा आयोजना गरेको महिलाहरुका लागि प्रविधिमैत्री वित्तीय पहुँच अभिवृद्धि कार्यक्रमका वक्ताहरुले सो कुरा बताएका हुन । महिलाहरुको क्षमता अभिवृद्धिसँगै महिलाहरुलाई उत्पादनसँग जोडेर आत्मनिर्भरताको बाटोमा अघि बढाउनु आवश्यक भएको सहभागीहरुको भनाइ थियो । 

    कार्यक्रममा सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्र शर्माले महिलाहरुलाई उत्पादन र उद्यमशीलतासँग जोडेर आर्थिक रुपले सबलीकरण गर्न सकेमा महिलाविरुद्ध हुने सबैखाले हिंसा अन्त्य भएर जाने बताए । महिलालाई सबल बनाई आत्मनिर्णयको अधिकार दिन आवश्यक रहेको पनि नगरप्रमुख शर्माको भनाइ छ । 

    त्यस्तै मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय समितिका सल्लाहकार तथा राज्य टेलिभिजनका अध्यक्ष गोविन्द खनालले महिला हिंसाको समुल अन्त्य र महिलाको अधिकार संरक्षण गर्न आवश्यक रहेको चर्चा गरेका थिए । महिला बलियो भए मात्र समाज बलियो हुने धारणा व्यक्त गर्दै अध्यक्ष खनालले महिलाहरुको क्षमता अभिवृद्धि गरी आत्मनिर्भर र आर्थिक रुपले सबल बनाउनुपर्नेमा जोड दिएका थिए । 

    कार्यक्रममा शाइन रेसुंगा डेभलपमेन्ट बैंकका मानव संशाधन श्रोत प्रमुख प्रभास राई, डिजिटल बैंकिङ्ग अफिसर नारायण न्यौपाने, मुर्गिया शाखाका म्यानेजर दीपक पौडेल एवं राजिव गौतम, एनएमबी बैंकका म्यानेजर कमल ढकाल लगायतले सहजीकरण गर्दै बैंकिङ्ग ज्ञान, नविनतम प्रविधि ज्ञान र शेयर कारोबारबारे अभिमुखीकरण गरेका थिए । 

    अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा मानवअधिकार तथा शान्ति समाज रुपन्देहीको आयोजनामा धौलागिरी बहुउद्देश्यीय सहकारी संस्थाका ७५ जना महिलाहरुलाई सो प्रशिक्षण प्रदान गरिएको शाखा सभापति कृष्ण भट्टराईले बताए । कार्यक्रममा साईन रेसुंगा डेभलपमेन्ट बैंक, एनएमबी बैंक मुर्गिया शाखा र धौलागिरी सहकारी संस्थाको समन्वय र सहयोग रहेको उनले जानकारी दिए ।

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij