images

सोमवार, बैशाख १७ गते २०८१

भैरहवामा ‘लजिज पिजा’ सञ्चालनमा

भैरहवामा ‘लजिज पिजा’ सञ्चालनमा

images
images
images
बिहिवार, फाल्गुण २४ २०८०
बिहिवार, फाल्गुण २४ २०८०
  • भैरहवामा ‘लजिज पिजा’ सञ्चालनमा

    भैरहवा, २४ फागुन । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-७ स्थित नारायणपथमा ललिज पिजा सञ्चालनमा आएको छ । बुधबारदेखि सञ्चालनमा आएको उक्त प्रतिष्ठानको सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले उद्घाटन गरेका हुन् ।

    images

    सो अवसरमा बोल्दै अध्यक्ष श्रेष्ठले अहिलेको आर्थिक मन्दीका बाबजुद ललिज पिजाले भैरहवामा शाखा शुभारम्भ गर्नु महत्वपूर्ण कार्य भएको बताए । उनले भने, ‘यहाँहरुले हिम्मत गर्नुभएको छ । यो हिम्मतलाई सम्मान गर्न चाहन्छु । महिला उद्यमीको नेतृत्वमा ललिज पिजा सञ्चालनमा आएको छ, यो आफैमा महत्वपूर्ण कार्य हो ।’

    ललिज पिजा बुटवल, कालिकानगरका सञ्चालक पवन शर्माले नेपाल र भारतमा गरी ललिज पिजाका २ सय बढी स्टोर्सहरु रहेको बताए । उनले भने, ‘डेलिभरी सेवा उपलब्ध छ । १० लाख लगानीमा भैरहवामा ललिज पिजा सञ्चालनमा आएको छ । पिजासहित मःम, बर्गर, चाउमिन लगायतका परिकार यहाँ उपलब्ध छ ।’ उनले भारतीय उत्पादन र भारतीय परिकारका रुपमा चर्चित लजिज पिजा फेन्सचाई परिकार भएको उल्लेख गर्दै भारतका विभिन्न शहरमा र नेपालमा सञ्चालनमा आएको जानकारी दिए ।

    भैरहवा क्षेत्रका ग्राहकको मागलाई मध्यनजर गर्दै ललिज पिजा सञ्चालनमा आएको प्रबन्ध निर्देशक सीता पौडेलले बताइन् ।

    सिद्धार्थनगर नगरपालिका–८ का पूर्व वडा सदस्य उमेश थापा लाटोमगरले भैरहवामा ललिजा पिजा सञ्चालनमा आएको भन्दै खुसी व्यक्त गरे ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij