images

आइतवार, बैशाख १६ गते २०८१

‘होटल ग्लासगो लियो कर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगिता’ हुँदै

‘होटल ग्लासगो लियो कर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगिता’ हुँदै

images
images
images
बुधवार, फाल्गुण २३ २०८०
बुधवार, फाल्गुण २३ २०८०
  • ‘होटल ग्लासगो लियो कर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगिता’ हुँदै

    भैरहवा, २३ फागुन ।
    लियो क्लब अफ सिद्धार्थनगरको आयोजनामा रुपन्देहीको भैरहवामा ‘१५ औं होटल ग्लासगो लियो कर्पोरेट डे नाईट सुपर सिक्सेज क्रिकेट टुर्नामेन्ट’ हुने भएको छ । विगत १४ वर्षदेखि क्लबले गराउँदै आएको लियो कर्पोरेट सुपर सिक्स टुर्नामेन्टलाई निरन्तरता दिदै हरेक वर्षझै यस वर्ष पनि प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष मनिष ढकालले बताए ।

    images

    फागुन २५ गते शुक्रबार भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा हुने प्रतियोगिताबारे क्लबले बुधबार पत्रकार सम्मेलन जानकारी दिएको छ ।

    क्लबका अध्यक्ष ढकालले यस वर्ष डे–नाइट टुर्नामेन्ट गरी एकै दिनमै सम्पूर्ण लिग चरणका खेलहरु बिहान ७ः३० बजेदेखि सुरु गरी सेमीफाइन, फाइनल लगायत खेलहरु सोही दिनमा समापन गरिने बताए । 

    यस क्षेत्रको कर्पोरेट हाउस विशेष गरी बैंक तथा वित्तीय संस्था र १८ वर्षदेखि ३० वर्षसम्मका युवाहरु आबद्ध सामाजिक क्षेत्रमा क्रियाशिल संस्थाहरुबीच क्रिकेट प्रतियोगिता आयोजना गर्न लागेको उनले बताए । उनले भने, ‘आपसी भाईचारा स्थापित गर्दै मजबुत सम्बन्ध विकास गर्नुको साथै हाम्रो क्लबको वार्षिक कार्यक्रममा आयोजना गर्ने सामाजिक क्रियाकलापको निम्ति कोष संकलन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरेका छौं ।’

    प्रतियोगिताको मुख्य प्रायोजकमा होटल ग्लासगो ईन भैरहवा र सह-प्रायोजकमा नाईट वाच सेक्रेयुटी एण्ड ईलेक्ट्रीकल्स सर्भिसेज, युसीएमएस र आँगन होटल रहेको कार्यक्रम संयोजक विनिता थापाले बताइन् । विभिन्न संघ–संस्था तथा व्यवसायीहरुले ब्यानर सौजन्य गरेर प्रतियोगितालाई सफल बनाउन सहयोग गरेको उनले बताइन् । ‘यस टुर्नामेन्टबाट बचेको रकम सामाजिक कार्यक्रम लगाइनेछ, ’उनले भनिन् । 

    यो प्रतियोगिता आईसीसी सुपर सिक्स क्रिकेट टुर्नामेन्टको नियम अनुसार सञ्चालन हुने कार्यक्रम संयोजक ईखलाख अहमदले बताए । प्रतियोगितामा १६ वटा टीमको सहभागीता रहने अहमदले जानकारी दिए ।

    प्रतियोगितामा नेपाल एसबीआई, महालक्ष्मी विकास, आईसीएफएसी फाइनान्स, सानिमा, नबिल, एभरेष्ट, सेन्ट्रल फाइनान्स, कुमारी, मुक्तिनाथ विकास, लक्ष्मी सनराइज, नेपाल राष्ट्र बैंक, सिद्धार्थ, एनएमबी, हिमालयन, गरिमा विकास र सिटिजन इन्टरनेशनल बैंक लिमिटेडको सहभागीता रहने आयोजकले जनाएका छन् ।

    आयोजकका अनुसार प्रतियोगिताको विजेता टीमलाई रु. २० हजार तथा उपविजेतालाई रु. १० हजार पुरस्कार प्रदान गरिनेछ । त्यस्तै प्रत्येक खेलमा म्यान अफ द म्याच, बेस्ट ब्याट्सम्यान अवार्ड, बेस्ट बलर अवार्ड, बेस्ट फिल्डर अवार्ड, बेस्ट डिसिप्लीन टीम अवार्ड तथा प्रत्येक विजेता टीमलाई मेडल र ट्रफी प्रदान गरिने आयोजकले जनाएका छन् ।

    प्रतियोगिता आयोजना गर्न रुपन्देही क्रिकेट संघले प्राविधिक सहयोग गरेको क्लबका सचिव ज्ञान जैसवालले बताए । 

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij