
बुधवार , फाल्गुण २३, २०८०
काठमाडौं, २३ फागुन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् ।
पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न देउवा अध्यक्ष नेपालको निवास कोटेश्वरमा पुगेका हुन् । बुधवार बिहान देउवा माधव नेपालको निजी निवास कोटेश्वर पुगेका छन् । राजनीतिक समीकरण बदलिएको बेलामा सभापति देउवा र नेपालबीचको भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ ।
मंगलवार राति प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपाल निवासमा पुगेर सरकारमा सहभागी हुन आग्रह गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij