images

सोमवार, बैशाख १७ गते २०८१

पक्लिहवा माविमा विदाई तथा शुभकामना कार्यक्रम

पक्लिहवा माविमा विदाई तथा शुभकामना कार्यक्रम

images
images
images
बुधवार, फाल्गुण २३ २०८०
बुधवार, फाल्गुण २३ २०८०
  • पक्लिहवा माविमा विदाई तथा शुभकामना कार्यक्रम

    भैरहवा, २२ फागुन । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ पक्लिहवास्थित पक्लिहवा माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुलाई विदाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ । 

    images

    कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरुको आयोजनामा मंगलबार भएको उक्त कार्यक्रममा माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारीमा रहेका विद्यार्थीहरुलाई विदाई गरिएको विद्यालयले जनाएको छ ।

    कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाबाट विद्यालयको अध्ययन–अध्यापनमा प्रविधिसँग जोडी डिजिटलाइज गतिविधिमा सहज होस् भन्ने उद्देश्यले प्राप्त ‘स्मार्टबोर्ड’ को उद्घाटन गरिएको थियो । त्यस्तै ‘भूतपूर्व विद्यार्थी समाज’ पक्लिहवा माध्यमिक विद्यालयको तर्फबाट कक्षा ९ मा अध्ययनरत विपन्न छात्रा आकृति कोहारको कानको उपचारमा सहयोगका लागि नगद रु. १० हजार उपलब्ध गराइएको थियो ।

    कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा युवा समाजसेवी सुशील गुरुङ्गले यस्ता कार्यक्रमले विद्यार्थीको व्यक्तित्व तथा नेतृत्व विकासमा सहयोग पुग्नका साथै विद्यालयसँगको सम्बन्ध अझ प्रगाढ बनाउने बताए । उनले आगामी दिनमा विद्यालयको पूर्वाधार तथा शैक्षिक विकासमा टेवा पुर्याउने विश्वास व्यक्त गरे ।20240304_143509.jpg

    विद्यालयका प्रधानाध्यापक बसन्तकुमार बस्नेतको अध्यक्षता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुशील गुरुङ्गको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सिद्धार्थनगर नगरपालिका–१ क वडा सदस्य हरिमाया गुरुङ्ग, भूतपूर्व विद्यार्थी समाजका अध्यक्ष तथा बहिरा बाल विद्यालयका प्राचार्य भिम बहादुर थापा, विद्यालय व्यवस्थापन समितिका सदस्य सलुजा रामदाम, समाजसेवी माधव शर्मा, मनिषा थापा, अर्पणा गुरुङ्ग, माला गुरुङ्ग, मनिष श्रेष्ठ, नितु थापा, शिक्षक–शिक्षिका लगायतको उपस्थिति रहेको थियो । 

    कार्यक्रममा आयोजक विद्यार्थीहरुको तर्फबाट विभिन्न प्रतिभा प्रस्फुटन गर्नुका साथै नृत्यहरु पनि प्रस्तुत गरिएको थियो। विद्यालयका सहायक प्रधानाध्यापक शेर बहादुर थापाको स्वागत तथा शिक्षक देवि प्रसाद न्यौपानेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

     

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij